बालकुमारी माविमा `म पनि पढ्छु´ कार्यक्रम

भरतपुर, २७ कात्तिक । विद्यार्थीका पठन अनुभव र अनुभूति सुन्ने कार्यक्रम `म पनि पढ्छु´को तेह्रौँ शृङ्खला श्री बालकुमारी माध्यमिक विद्यालय नारायणगढमा गरिएको छ । बिहीबार गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थी सहभागी थिए । कार्यक्रमको सुरुवातमा प्रतिमा बिकले `योगमाया´ को जीवनीको चर्चा गरिन् । योगमाया न्यौपाने नेपालकी पहिलो नारीवादी कवि र समाज सुधारक […]

भरतपुरमा होटल पौवाको १६औं शाखा शुभारम्भ

चितवन, २७ कात्तिक । नेपाली आतिथ्य (हस्पिटालिटी) उद्योगमा अग्रणी भूमिका निर्वाह गर्दै आएको होटल पौवाले आफ्नो १६औं शाखा चितवनको भरतपुरमा बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । एक विशेष समारोहका क्रममा कम्पनीमा पाँच वर्षदेखि हाउसकिपिङ विभागमा कार्यरत कर्मचारी गीता विश्वकर्माले रिबन काटी होटलको उद्घाटन गर्नुभयो । कर्मचारीहरूको योगदानको कदरस्वरूप उद्घाटनको जिम्मेवारी कर्मचारीलाई नै दिइएको हो […]

श्रमिकहरुको सुस्केराको कथा : उरमाल

कालो कफिको टर्‍रो चुस्कीसँग पढ्न शुरु गरेको `उरमाल´ मिल्क कफिको मीठो चुस्किका साथ भरखरै पढेर सिध्याएँ । श्रमिकहरुको सुस्केराको कथा हो उरमाल । जीवनको अन्तिम साससम्म बाँच्नकै लागि कमानेहरुले गरेको सङ्घर्षको कथा समेटिएको छ उरमालका पानाहरुमा । हजारौं सङ्घर्ष छन् तर चैन थोरै पनि छैन । दु:खको कथालाई छातीमा बोकेर हिँड्ने कमानेहरुको जीवनका पीडाहरुलाई उपन्यासमा […]

मकवानपुरमा ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद

मकवानपुर, २७ कात्तिक । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरेकाे छ । बिहीबार लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ घर भएका १९ वर्षीय अशोक स्याङतान, […]

कर छुटको अवसर उपयोग गर्न करदातालाई आग्रह

भरतपुर, २७ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले कर छुटका अवसरहरू उपयोग गर्न सबै करदातालाई आग्रह गरेको छ । कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा करदाताहरूलाई पारदर्शी रूपमा कर तिर्न, कर छली नियन्त्रणमा सहयोग गर्न र राजस्व असुलीमा सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको हो । यसैबीच, मूल्य अभिवृद्धि कर ऐन, २०५२ लागू भएको दिनको सम्झनामा […]

मौका यहि हो (व्यङ्ग्य)

बाटोभन्दा अल्लि भित्रपट्टी रहेछ एउटा पसल । यो पसल कोदोको तेल बेच्ने पसल हो । जसको जिब्रोदेखि आन्द्रासम्म कोदोको तेल घस्नुपर्ने हुन्छ त्यो त्यही पसलमा जान्छ । पसलमा बिहान दिउँसो अल्लि कमै ग्राहक आउँछन् । जब साँझ र बेलुकापख हुन्छ तब धेरैले धाउँछन् । कसैले नगदै तिर्छन्, कसैले उधारो चलाउँछन् । लर्बरिएका स्वरहरुका खल्याङबल्याङ चर्कै […]

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुर, २७ कात्तिक । भरतपुर महानगरपालिका वडा नं–२३, जगतपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ७ नम्बर चोकदेखि कसरा चोकतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ३–००१ ग ००२९ नम्बरको लक्ष्मी माविको स्कुल बसले विपरीत दिशाबाट जादै गरेको ना ६० प ३२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रत्ननगर–६, बछौली बस्ने ३३ वर्षीय सुरेश महतोको […]

लेखरामजी, के भरतपुरमा ‘चौतारो चिन्तन’ सम्भव छ ?

सुरुमा भरतपुर महानगरका चौतारोका कुरा लेखरामजी, यतिबेला तपाईले भरतपुर महानगरमा कतिवटा चौतारो भेट्नुभएको छ ? चनौली बजारको बिचमा भएको चौतारोलाई त सम्झनुभयो नि हैन ? अनि वीरेन्द्र बहुमुखी क्याम्पस अगाडिको चौतारो कत्तिको याद आउँछ नि ? कि बिर्सनुभयो ? भरतपुर महानगर बनेपछि बाटो विस्तारका क्रममा सबैभन्दा ठूलो मर्का केलाई पर्‍यो ? भनेर सोधियो भने तपाई […]