मकवानपुरमा ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद

मकवानपुर, २७ कात्तिक ।
मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सानो पोखराबाट ८ हजार ३ सय क्याप्सुल ट्रामाडोल बरामद गरेकाे छ । बिहीबार लागुऔषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय राजीव लामा, बकैया गाउँपालिका–१२ घर भएका १९ वर्षीय अशोक स्याङतान, हेटौंडा–१७ बस्ने २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ बस्ने २० वर्षीय निशान कोइराला र मकवानपुरगढी गाउँपालिका–२ बस्ने २३ वर्षीय दीपेश सञ्जेल रहेकाे प्रहरीले जनाएकाे छ ।

खाल्डो खनेर ट्रामाडोल लुकाउन लागेको अवस्थामा विशेष सुराकको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । आरोपीहरू विरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध मुद्दामा अनुसन्धान गरिरहेको जनाएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट