चितवन, १४ कात्तिक ।
कालिका नगरपालिका वडा नम्बर – ७, भटेनीस्थित पृथ्वी माविमा आयोजित नि:शुल्क दन्त शिविरमा ६११ विद्यार्थीको मुख तथा दाँतको उपचार गरिएको छ ।
सामुदायिक सहयोग केन्द्र नेपालको आयोजना तथा चितवन सहायता कोष(क्याट) बेल्जियमको सहयोग, मेडोरा बेल्जियमको प्राविधिक सहयोगमा विद्यार्थीहरुको मुख तथा दाँतको सुरक्षाका लागि निःशुल्क दन्त शिविर गरिएको हो ।
शिविरमा ६११ विद्यार्थीको मुख तथा दाँतको उपचार गरिएको क्याट बेल्जियमका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले जानकारी दिए । तीन दिनसम्म सञ्चालन भएको शिविरमा मेडोरा बेल्जियमकी अध्यक्ष डा. अनिता लिनाड्ससहित डा. क्रिष्टियम, डा. जोशीका र डा. इल्सले विद्यार्थीको मुख तथा दाँतको उपचार गरेका थिए ।
कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहेको उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत लामिछानेको अध्यक्षतामा भएको थियो ।
उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय महामन्त्री हरिप्रसाद न्यौपाने, केन्द्रकी उपाध्यक्ष सुजता विष्ट, चितवन सहायता कोष बेल्जियमका अध्यक्ष ईश्वरीप्रसाद कँडेल, विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारी, चितवन सहायता कोष बेल्जियमकी संस्थापक अध्यक्ष सीता सापकोटा, पूर्वअध्यक्षहरु पार्वती अधिकारी, दिनेशप्रसाद भण्डारी, विद्यालयका आधारभूत तह इन्चार्ज विष्णुलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।





