रवीन्द्र मिश्रको कविताकृति ‘माथिको आदेश छ’ शनिबार लोकार्पण हुने

काठमाडौं, १४ कात्तिक । रवीन्द्र मिश्रको कविताकृति ‘माथिको आदेश छ’ शनिबार लोकार्पण हुनेभएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा शनिबार दिउँसो २:३० बजे कार्यक्रम गर्न लागिएको प्रकाशक फाइनप्रिन्टले जानकारी दिएको छ । २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजसंस्थावादी आन्दोलनमा भएको घटनामा सहभागी मिश्रलाई राज्यविरुद्धको कसुरमा सरकारले पक्राउ गरी ५० दिन हिरासतमा राखेको […]
पृथ्वी माविमा नि:शुल्क दन्त शिविर

चितवन, १४ कात्तिक । कालिका नगरपालिका वडा नम्बर – ७, भटेनीस्थित पृथ्वी माविमा आयोजित नि:शुल्क दन्त शिविरमा ६११ विद्यार्थीको मुख तथा दाँतको उपचार गरिएको छ । सामुदायिक सहयोग केन्द्र नेपालको आयोजना तथा चितवन सहायता कोष(क्याट) बेल्जियमको सहयोग, मेडोरा बेल्जियमको प्राविधिक सहयोगमा विद्यार्थीहरुको मुख तथा दाँतको सुरक्षाका लागि निःशुल्क दन्त शिविर गरिएको हो । शिविरमा ६११ […]
चितवनमा मोटरसाइकल र ट्रक ठोक्किँदा १ जनाको मृत्यु
चितवन, १४ कात्तिक । भरतपुर महानगरपालिका–२९ सिमलताल स्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा मोटरसाइकल र भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०५६ प ९८०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको एनएल ०१–२३७४ नम्बरको भारतीय कन्टेनर ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको बागमती प्रदेश […]
चितवनमा लायन्स क्लबद्वारा बृहत् रक्तदान कार्यक्रम

भरतपुर, १४ कात्तिक । लायन्स क्लब अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ आर, क्लस्टर नम्बर ३ को आयोजनामा तथा होटल व्यवसायी संघ चितवनको सहकार्यमा शुक्रबार चौविसकोठी चोक, भरतपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवताको सेवा र सामाजिक उत्तरदायित्वप्रति समर्पित “रक्तदान–जीवनदान” अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रममा ३०७ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् । ‘मेडिकल सिटी’ का रूपमा […]