रवीन्द्र मिश्रको कविताकृति ‘माथिको आदेश छ’ शनिबार लोकार्पण हुने

काठमाडौं, १४ कात्तिक ।
रवीन्द्र मिश्रको कविताकृति ‘माथिको आदेश छ’ शनिबार लोकार्पण हुनेभएको छ । काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा शनिबार दिउँसो २:३० बजे कार्यक्रम गर्न लागिएको प्रकाशक फाइनप्रिन्टले जानकारी दिएको छ ।

२०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजसंस्थावादी आन्दोलनमा भएको घटनामा सहभागी मिश्रलाई राज्यविरुद्धको कसुरमा सरकारले पक्राउ गरी ५० दिन हिरासतमा राखेको थियो । हिरासतमा बस्दा मिश्रले रचना गरेका ३५ वटा कविता यो सङ्ग्रहमा राखिएको छ ।

मिश्र भन्छन् – `हिरासतमा बसेर कतिपय राजनीतिकर्मीहरूले आत्मवृत्तान्त लेखेका छन् अथवा अन्य साहित्यिक रचनाहरू गरेका छन् । तर हिरासतमा वा जेलमा बसेर लेखिएका कविताहरूको सङ्ग्रह अरू छ कि छैन मलाई थाहा भएन ।´

२०७१ सालमा `रवीन्द्र मिश्रका कविता´ प्रकाशन गरेका मिश्रको यो दोस्रो कवितासङ्ग्रह हो । त्यसका अलावा उनका `भूमध्यरेखा´, `खान पुगोस् दिन पुगोस्´, `राजनीतिसँगै राजकाज´ र `विचारभन्दा माथि देश´ पुस्तक प्रकाशित छन् ।

नेपाल र पाकिस्तानबाट पत्रकारिता सुरु गरेका मिश्रले पत्रकारिताको अधिकांश समय बिबिसी विश्व सेवा लण्डनमा बिताएका छन् । मिश्र विश्वका विभिन्न देशमा फैलिएको नेपालीहरुको परोपकारी सञ्जाल हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट