मकवानपुर, ९ कात्तिक ।
हेटौंडामा शनिबार कवि भूपिन र समालोचक डा.बिन्दु शर्मालाई सम्मान गरिएको छ ।
साहित्य सङ्गम मकवानपुरको ३६०औँ नियमित साहित्य सन्ध्याको अवसरमा डम्बर पूर्णमाया स्मृति सम्मान समर्पण र ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोचन तथा परिचर्चा गरिएको छ ।
शनिबार डम्बर पूर्णमाया स्मृति कविता सम्मान – २०८० बाट कवि भूपिन र २०८१ बाट कवि डा.बिन्दु शर्मालाई सम्मान गरिएको हो । कविहरुलाई जनही २२ हजार दुई सय २२ रुपैयाँसहित सम्मान गरिएको हो ।
यस्तै हेटौँडा–११ निवासी नियात्राकार राजाराम बर्तौलाको ‘काठमाण्डु प्याराडाइज’ नियात्रा सङ्ग्रह गृह विमोचन गरिएको छ । साथै सम्मानका संस्थापक कवि जेनन नेपालको विशेष कविता वाचन भएको छ । कार्यक्रममा संगमका अध्यक्ष डिबी बर्तौलाको अध्यक्षता तथा साहित्यकार डा. निमेश निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।





