रमेश क्षितिजको शब्द र राजेश पायल राईको स्वरमा सजिएको `नमाग मसँग सहारा नमाग , भुइँमा छु आकाशका जुनतारा नमाग´ भन्ने गीतमार्फत रमेश क्षितिज मेरा लागि परिचित थिए । सहारा नमाग्ने याचना गरेता पनि म किताबको सहारामा पुगेछु, यो समयको कस्तो लीला बुझ्नै गाह्रो छ ।
मेरा कुरा त के गरि साध्य छन् र, कुरा त कवि/गीतकार रमेश क्षितिजको हुँदै थियो । समयसँगै मैले उहाँको `पर्वत पर्वतमा बटुवा घाम´ कवितासङ्ग्रह पढेँ । प्रकृतिप्रेम र सौन्दर्य भावले भरिएका कोमल कविताहरू पाएँ । कोमल हृदयका कवि/गीतकारको कथासङ्ग्रह कस्तो होला भन्ने कौतूहलसहित प्रकाशनको करिब एक वर्षपछि लागेँ `एउटा मायी नगरमा´ ।
रमेश क्षितिजद्वारा लिखित `एउटा मायी नगरमा´ कथासङ्ग्रहमा १७ वटा कथा छन् । `एउटा मायी नगरमा´ चित्रित नगर कथाका पृष्ठभूमि त हो नै तर आफैंमा एक subtle allegory/metaphor को रूपमा पनि चित्रित छ झैं लाग्यो । यस सङ्ग्रहका कथाहरूमा मानिसमा भएका पक्षहरूको मायी रूपको विश्लेषण गर्न खोजेको हो कि जस्तो पनि लाग्यो । एउटा मनस्थितिमा रहेको पात्र कुनै घटना/परिघटना वा परीघटना (परीले घटाएको घटना) ले गर्दा अर्कै मनस्थितिमा पुगेको पनि पाएँ । मनोभावको extremities ले गर्दा साँच्चै एउटा व्यक्तिमा भएको (राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक, वैचारिक, दार्शनिक) पक्षहरुका मायी रूप पो उजागर भयो कि जस्तो पनि लाग्यो । Narrative Layered र पात्रहरू multidimensional छन् भन्दा अतियुक्ति पक्कै नहोला ।
यति मात्र होइन कथाहरूमा एक किसिमको भावनात्मकता छ, काव्यिकता छ र लेखकको स्ट्रङ पोइन्ट कोमलता त झन् icing on the cake/ cherry on the top भनेझैं काबिल~ए~तारिफ छ । तर फेरि के सबै पात्रहरू multidimensional छन् त भन्ने प्रश्न आउला, त्यो जायज नै हो । कम्तीमा मलाई लागेको चाहिँ के हो भने `स्वप्नबगैंचामा एउटा छायाँ´ की शैवलिनी जस्तो आशावादी पात्र एकाएक किन परिवर्तन भइन् (?) उसको प्रेमप्रतिको आशक्ति, अवधारणा किन परिवर्तन भयो (?) खुलाइएको छैन । मलाई चाहिँ किनकिन यो पात्र unidimensional लाग्यो । एकमनले सोच्यो अहिलेको पुस्ता जो भन्छ एक थोक र गर्छ अर्को थोक । सायद यही पुस्ताको प्रतिनिधि पात्र पो हुन् कि उनी ।
अर्को मन हालै हेरेको उपेन्द्र सुब्बाद्वारा निर्देशित `मनसरा´ तिर रुमलियो र याद गर्यो दयाह्याङ राईको पात्रले भनेको एउटा संवाद `मलाई आफ्नो मजबुरी देखाएर दुखिया हुनु छैन´ । सायद त्यो संवाद यही नै थिएन कि तर भाव यस्तै नै थियो र यसमार्फत मैले सायद शैवलिनी पात्रको पनि यस्तै मनोदशा थियो कि भन्ने आँकलन मात्र गरेको हुँ । फेरि मान्छे अकारण बदलिन्छन् त्यो कुरा त मैले भन्दा अरु कसले राम्ररी बुझेको होला र (?) । मेरै कुरा आएपछि अर्को कुरा जोडिहालेँ, यदि ती पात्र म जस्तै overthinker भए त फेरि dimensions त अनगिन्ती पो होलान् (?) छन् कि पो जस्तो लाग्ने । सबै कुरा आफैँमा जोडेर दोषारोपण गर्ने बानी सुध्रिएला त, खैर त्यो त समयले बताउला ।
`माछा बजार´, `उस्तै छु म´, `इत्रामको कोठा´ शीर्षकका कथाहरूमा लेखकको बेजोड कथाशिल्प देखिन्छ । लेखकले प्रायः कथाहरूमा suspension of disbelief को गज्जब प्रयोग गरेको छन् जस्तो लाग्छ । मनले कथाको buildup देखेर बबाल~ओ~बबाल भनेर भनिरहन्छ तर कथालाई लेखकले grounded approach र subtle निष्कर्ष दिन खोजेका छन् । सायद यसो गर्नाले व्यक्त गर्न खोजेको सन्देश hard hitting तरिकाले जाओस् भनेर पनि हुन सक्छ । मैले भने कथाको buildup झैँ अन्त्य पनि अलि dramatic होस् भन्ने चाहेकोले होला म expectation bias को prey भएर अब त्यस्तो चाहिँ expectation राख्दिनँ भनेर pray गरेको थिएँ । तपाईहरु चाहिँ मैले आफूलाई फेरि नघुसाए हुन्थ्यो भनेर त pray त गर्नुभएको छैन नि ?
कथासङ्ग्रह पढेर अघि बढ्दै जाने क्रममा म `बटुवा रुख´ भन्ने कथामा पुगेँ । जब पढेर सकेँ मैले चाँडै पो pray गरेछु, यस्तो मीठो कथा आउनै पो बाँकी रहेछ । यो कथा दार्शनिक , multidimensional र नवीन लाग्यो । यो कथामा Magical realism को साथै frame narrative प्रयोग गर्दै एउटा नवीन कथावाचकको प्रयोग छ जसले गर्दा काव्यिकता , multilayered narrative , introspective र यादगार हुने तरिकाले कथाको अन्त्य भएको देखिन्छ । यसै कथामा आउने चराहरूको प्रसङ्गले पर्यावरणीय संरक्षणको subtle messaging दिएको छ र मानव प्रकृतिको सम्बन्धको महत्त्व बताएर कथाकारले सुनमा सुगन्ध थपेका छन् । यो कथा पढिरहँदा मनमा एक किसिमको झङ्कार त पैदा हुन्छ नै तर मन पनि मखलेल/ फूलेल हुन्छ ।
कथाकार रमेश क्षितिजको समसामयिक विषयमा पकड र कथा भन्ने कथाशिल्प पनि एउटा बलियो पक्ष नै लाग्यो । चरित्रबाट निस्क न हरिबोल´, वि. सं २०८१ को मुनामदन´, स्वच्छ छवि जिन्दावाद´, मुखुण्डो अवतार´ शीर्षकका कथाहरूमा सामाजिक आर्थिक, राजनीतिक, व्यक्तिगत commentary गरेका छन् । यी पक्षहरुका मनोवैज्ञानिक विश्लेषण गरेका छन् । यी त समासामयिक समस्या हुन् र यसले गर्दा कथामा देखाइएका झैँ परिणाम केही त देखा परिसकेका र केही चाहिँ निकट भविष्यमा देखिन सक्ने सम्भावना देखाएर कथाहरूले पक्कै सोचमग्न बनाउँछन् । `मुखुण्डो अवतार´ शीर्षकको कथाको संरचना coding को भाषामा भन्नुपर्दा top down approach प्रयोग गरेझैँ लाग्यो । किनभने पहिले समाजजस्तो वृहत् दृष्टिकोणबाट कथावस्तुको उत्थान भएर व्यक्तिगत तहमा गएर कथाको अन्तेष्टि हुन्छ । यो style of narration ले sense of belongingness को भाव व्यक्त गरेको छ । `मुखुण्डो अवतार´ र `स्वप्नबगैँचामा एउटा छायाँ´ शीर्षकको कथा पढ्दा मलाई सुनिल बर्देवाको स्वरमा सजिएको `गोरेटो अनि उस्तै छ गल्ली´ भन्ने गीत याद आइरहेको थियो । यो गीतले यी कथाको Theme लाई राम्ररी व्यक्त गरेको अनुभव भइरहेको थियो ।
`कुर्सी कारखाना´ शीर्षकको कथा एउटा कुर्सी कारखानाको वरिपरि घुमेको छ । यसमा पनि माथि उल्लेख गरिएका कथामाझैं सामाजिक आर्थिक, राजनीतिक commentary , hypocrisy जस्ता theme हरुको चित्रण छ तर यो कथा भने ती कथाहरूभन्दा stand out गरेझैँ महसुस भएको थियो । यस कथामा generational contrast मार्फत show but don’t tell technique को प्रयोग गरेको पाइन्छ जसले गर्दा कथाका पात्रमा आएका परिवर्तन र परिणाम पनि हामीले अगाडिका कथाभन्दा राम्रो तरिकाले महसुस गर्न सक्छौँ । हुन त सबै विषयवस्तुमा show but don’t tell technique को प्रयोग गर्न limitation हुने भएकोले tell but don’t show र slightly expository कथावाचन राखिएको पनि होला ।
`श्री कृष्ण गोविन्द हरे मुरारि´ शीर्षकको कथा अलि केही समय अगाडि आएको भए fresh महसुस हुन्थ्यो होला तर अहिले धेरै content को exposure ले गर्दा भने repetitive महसुस भएको थियो । तर ठोस(concrete) रुपमा निष्कर्ष नदिएर परिस्थिति जन्य अन्त्य (Circumstantial ending) दिइएकोले कथा repetitive लागे बाबजुत open ending and open to possibilities ले गर्दा interpretive लाग्यो ।
`मुखुण्डो अवतार´ र `अनुहार हराएको अनुहार´ शीर्षकको दुवै कथाका theme एउटै नै लाग्यो तर मूल भिन्नता कहाँ छ भने मुखुण्डो अवतारमा पात्रहरूले conscious रूपमा स्वेच्छिक तरिकाले मुखुण्डो भिरेको कुरा चित्रित छ भने अनुहार हराएको अनुहारमा चाहिँ involuntary रूपमा आफ्नो मौलिक चरित्र गुमाइरहेको कथा चित्रित छ । मुखुण्डो अवतार satirical छ । यस अर्थमा कि यस कथाले हाम्रो समाजमा सबैको मुखुण्डो हुनसक्ने irony लाई उजागर गरेको छ । तर अनुहार हराएको अनुहार tragic र melancholic छ । मुखुण्डो अवतारमा भएको प्राध्यापकको पात्रभन्दा अनुहार हराएको अनुहारमा भएकी आमाको पात्रले आफ्नो मौलिकता प्रतिको चेतनाको बारेमा बलियो तरिकाले झकाझकाउँछ, अझै प्रष्ट तरिकाले भन्नुपर्दा आमाप्रतिको आत्मीयताले गर्दा उसको आन्तरिक द्वन्द अझै निखारिएर आएको छ ।
`आर्या, पर्ख आर्या´ कथामा भने छुटिनेहरुको कथाजस्तो लाग्यो । अतीत नामक पात्रको जीवन कसरी सबै अतीत बन्दै गइरहेको छ र यसले त्यो पात्रमा कसरी असमञ्जता निर्माण गरेको छ भन्ने कुरालाई यस कथामा मनोवैज्ञानिक विश्लेषण गरिएको छ । नारायण गोपालको स्वरमा सजिएको गीत `लौ सुन म भन्छु मेरो रामकहानी´ भन्ने गीतले गज्जब तरिकाले यो कथाको theme लाई व्यक्त गर्छ जस्तो लागेकोले यो गीत सम्झिरहेको थिएँ ।
`मैतीदेवीको मुस्कान´ भन्ने कथामा जुँगाका कारण हाँस्यपात्र बनेको युवकको कथा छ । कसरी जुँगाका कुनै व्यक्तिको लागि आकर्षणको केन्द्र बनेको कुरा यस कथामा चित्रित छ । यो कथा पढ्दै गर्दा भैरव अर्यालको हाँस्य व्यङ्ग्य निबन्ध जसमा एक पात्र जो आफ्नो नाम परिवर्तन गर्ने ध्याउन्नमा लाग्छ तर विभिन्न घटनाको साक्षी भएर फर्किन्छ , त्यै निबन्धको स्वाद आइरहेकोले हाँस्य रसमा पनि राम्रो पकड भएको पाएँ ।
`कथा´ शीर्षकको कथामा कथाप्रतिको callback पाएँ । कसरी कैयौँ विषय पाए तापनि कुनै विषयमा कथा लेख्न नसकिरहेको पत्रकारको कथा यस कथामा चित्रित छ । लेखकले यसमा कथा लेख्नु पछाडिको मनोविज्ञान चित्रण गरेझैं लाग्यो । यो कथामा कथाको विषय खोज्ने क्रममा थुप्रै विषयको उत्थान भएको छ जसले गर्दा कथालाई सान्दर्भिक पनि बनाएको छ ।
`नमस्ते लुम्बिनी´ कथामा पर्यटकीय स्थल लुम्बिनीको कथा छ । जहाँ कथाकारले त्यहाँको संस्कृति मात्र नभएर संवेदना पनि व्यक्त गर्न खोजेका छन् । कथाकारले कसरी लुम्बिनीको कथा जति बाँडे पनि नसकिएको कुरालाई कथामा प्रस्तुत गर्न खोजेका छन्। सायद अघिल्लो कथाको काउन्टर कथा यो कथा पो हो कि जस्तो पनि लाग्यो । किनभने त्यहाँ पनि थुप्रै विषय पाएर पनि पत्रकारले कथा लेख्न सकेको थिएन भने यस कथामा कथा भन्ने विषय सकिएको थिएन ।
र अन्त्यको कथा `मलाई नबिर्से मञ्जरी´ निकै रोचक छ । यस कथामा लेखकलाई आक्रमण गर्ने कथाका पात्रहरूको विद्रोह देखाइएको छ। त्यो प्रज्ञा प्रतिष्ठानवाला प्रसङ्ग त के भनु रोचक अनि घोचक लागेको थियो । एकछिन म पनि निस्फिक्री हाँसो हाँसे । यो कथाबाट सायद लेखकले साहित्यलाई नै allegory को रूपमा प्रयोग गरेका छन् जस्तो लाग्यो ।
अन्त्यमा भन्नुपर्दा `एउटा मायी नगरमा´ को यात्रा रमाइलो रह्यो । कथाहरू पढिरहँदा विभिन्न भावहरू उत्पन्न भए । एकै भावका र पट्यार लाग्दा फिटिक्कै लागेनन् । लामा कथा भएकाले यात्रा लामो थियो र worth it त थियो नै । किन यो किताब पढ्न ढिलो गरेछु भन्ने पनि लाग्यो र सायद यो किताबको धेरै कुरा नगरिएकोले यसले enough attention/ exposure पो नपाएको हो कि जस्तो पनि लाग्यो । समग्रमा यो कथासङ्ग्रह पठनीय र संग्रहणीय छ । लेखकलाई आगामी कृतिका लागि अनेकन शुभकामना ।




