गीतानगरमा सांस्कृतिक एवम् लाईभ कन्सर्ट हुँदै

भरतपुर, ४ कात्तिक ।
भरतपुर- ६ स्थित गीतानगर ब्वाईजको आयोजनामा १६ औं विविध सांस्कृतिक कार्यक्रम एवम् लाईभ कन्सर्ट हुने भएको छ । तिहारको अवसर पारेर बुधबार उक्त कार्यक्रम हुन लागेको हो ।

गीतानगर बजारमा हुने कार्यक्रममा कट्टभ द एस्कर्पमेन्ट ब्याण्डको विशेष प्रस्तुति रहनेछ । यस्तै डिजे सुपरम्यानले दर्शक झुमाउने क्लबका अध्यक्ष श्रवण थापाले जानकारी दिए । यस्तै मौलिक संस्कृति झल्किने थारु, गुरुङ नृत्य, तामाङ सेलो र लोक दोहोरी कार्यक्रम पनि हुनेछ । साथै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने थापाले जानकारी दिए ।

बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रम ४ हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । कार्यक्रमको प्रायोजकमा द जिएमआई, बाह्रसिँगे र युरो पेन्ट्स रहेका छन् ।

क्लबले लामो समयदेखि तिहारको समयमा यसरी नै कार्यक्रम गर्दै आएको छ । २०६६ सालमा क्लबले पहिलो पटक कार्यक्रम आयोजना भएको थियो । त्यसयता निरन्तर कार्यक्रम हुँदै आएको क्लबका अध्यक्ष थापाले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट