चितवन साहित्य परिषद्मा कोइराला र पौडेल सम्मानित

भरतपुर, ४ कात्तिक ।
चितवन साहित्य परिषद्ले दुई जना स्रस्टालाई सम्मान गरेको छ ।

११७ औँ लक्ष्मी जयन्ती विशेष कार्यक्रममा चिसाप लीला – नर्वदा साहित्य पुरस्कार – २०८२ बाट सीताराम कोइराला र चिसाप भीष्मकान्त शिक्षा – साहित्य पुरस्कार – २०८२ बाट भुवानी पौडेल सम्मानित हुनुभएको हो ।

सम्मानपत्रसहित जनही १० हजार ४५ रुपैयाँ राशिको उक्त पुरस्कार प्रमुख अतिथि रामबाबु घिमिरे र चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डितले स्रस्टाद्व्यलाई उपलब्ध गराउनुभएको हो ।

कार्यक्रममा सम्मानित स्रस्टा कोइरालाका बारेमा गणेश श्रमण र पौडेलका बारेमा केदारनाथ खनालले बोल्नुभएको थियो । शान्ति शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई चिसाप सचिव नवराज ढुङ्गानाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा विनोद अधिकारी, धनराज गिरीलगायतले कविता वाचन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट