जापानमा पहिलोपटक महिला प्रधानमन्त्री

लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सानाई टाकाची जापानको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । मंगलबार संसद्को तल्लो सदनले उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।  टाकाची जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् ।

संसदमा २३७ मत पाउँदै उनी निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धीले १४९ मत मात्र प्राप्त गरे ।

लिबरल डेमोक्रेटिक पार्टी जापानको सबैभन्दा ठुलो दल हो । जापान इनोभेसन पार्टीसँग गठबन्धन गरेर सो दलले नयाँ सरकार बनाउन लागेको हो ।

६४ वर्षकी उनी एक महिनाअघि मात्र पार्टीको अध्यक्षमा नियुक्त भएकी थिइन् । पूर्वसुरक्षामन्त्री रहेकी टाकाची ३० वर्षदेखि संसदमा छिन् । उनले आजै मन्त्रिपमण्डल गठनको तयारी गरेको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट