माडी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुकनारायण पौडेल चयन

चितवन, २२ असोज ।
माडी क्याम्पसको नयाँ सञ्चालक समिति अध्यक्षमा युवा कृषि विज्ञ टुकनारायण पौडेल चयन हुनुभएको छ ।

क्याम्पसको सभाहलमा बुधबार सम्पन्न तेश्रो ऐतिहासिक क्याम्पस सभाबाट पौडेलको नेतृत्वमा युवा बाहुल्य २३ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायण सुवेदी तथा उपाध्यक्षद्वयमा रामबन्धु पोख्रेल र कोपिला सिवाकोटी रहनुभएको छ । त्यस्तै कोषाध्यक्षमा तुलसी अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

सञ्चालक समिति सदस्यहरुमा सुक्रमिया चौधरी, शुभद्रा शर्मा, मिरन दनुवार, भोजराज आचार्य, तारानाथ चापागाईं, रवि भुर्तेल, पदमविलाश पन्त, विकास ओझा, सूर्य भण्डारी, जीताराम महतो, तारा वि.क. र गोविन्द भण्डारी रहनुभएको छ ।

त्यस्तै, आमन्त्रित सदस्यहरुमा देवराज बराल, रामचन्द्र महतो र सुवास तिवारी रहनुभएको छ । सदस्य सचिवमा पदेन निमित्त क्याम्पस प्रमुख तोयानाथ (अनुप) तिवारी रहनुभएको छ ।

सञ्चालक समिति सदस्यहरुमा प्राध्यापक प्रतिनिधि, माडी ३ का वडाध्यक्ष, नगर शिक्षा समिति सदस्य, त्रि.वि.वि. प्रतिनिधि र उद्योग वाणिज्य संघ माडीका प्रतिनिधि पदेन सदस्य रहने व्यवस्था रहेको नि. क्याम्पस प्रमुख तिवारीले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट