माडी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा टुकनारायण पौडेल चयन

चितवन, २२ असोज । माडी क्याम्पसको नयाँ सञ्चालक समिति अध्यक्षमा युवा कृषि विज्ञ टुकनारायण पौडेल चयन हुनुभएको छ । क्याम्पसको सभाहलमा बुधबार सम्पन्न तेश्रो ऐतिहासिक क्याम्पस सभाबाट पौडेलको नेतृत्वमा युवा बाहुल्य २३ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायण सुवेदी तथा उपाध्यक्षद्वयमा रामबन्धु पोख्रेल र कोपिला सिवाकोटी रहनुभएको छ । […]
‘विद्यार्थीसँग साहित्यकार´ कार्यक्रममा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

स्याङ्जा, २२ असोज । विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार´ कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग बुधबार अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरिएको हो । कवि/साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक […]