‘विद्यार्थीसँग साहित्यकार´ कार्यक्रममा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी

स्याङ्जा, २२ असोज ।
विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार´ कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग बुधबार अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरिएको हो ।

कवि/साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको सिकाइ, ऊर्जा पत्रकारिता तथा पर्यावरणीय लेखन एवम् सिर्जनाका विविध पाटाहरूका बारेमा आफ्ना अनुभव सुनाएका थिए । सिर्जना एवम् सिकाइका लागि खुला र स्वतन्त्र पारिवारिक तथा सामाजिक परिवेश अपरिहार्य रहेको भन्दै उनले त्यस्तो सामाजिक संरचनामा विद्यार्थीको सिर्जनशीलताको प्रचुर विकास हुन सक्ने बताए ।

वियोगीका १५ वटा कथा सङ्ग्रहीत सत्यम् कथासङ्ग्रह बजारमा आएको छ । उनले पत्रकारितासँगै निबन्ध, नियात्रा, संस्मरण, गीत तथा कवितामा समेत कमल चलाउँदै आएका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षक शेषकान्त खनालले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रधानाध्यापक टोलप्रसाद रेग्मीले साहित्यकारसँग हुने यस्ता परामर्श एवम् अनौपचारिक छलफलले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुने बताए । यस्तै, कार्यक्रममा शिक्षकहरू भूपेन कोइराला तथा बाबुराम बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई मनन् गर्दैै आगामी दिनमा विद्यालयले यस्ता अनौपचारिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।

यसैगरी, कार्यक्रममा `मौन आवाज´ निबन्धकृति र `सेतो सुनखानी´ कविता कृतिका सर्जक एवम् साहित्यकार शम्भु अर्यालले आफ्ना केही सिर्जना वाचन गरेका थिए । सहजकर्ताको भूमिकासँगै कवि मिलनले आफ्ना सिर्जना वाचन गरेका थिए । अन्तरक्रियामा विद्यार्थीको सहभागिता थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट