रातिको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

चितवन, १७ असोज ।
जिल्ला प्रशासन कार्यालय चितवन, धादिङ र तनुहँले पृथ्वीराजमार्गको कोत्रे–मुग्लिङ, नागढुङ्गा र नारायणगढ – मुग्लिङ सडकखण्डमा असोज १७ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको छ ।

शुक्रबार चितवनको इच्छाकामना – ३ चुम्लिङटारमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी र तीनै जिल्लाका सुरक्षा नियकायका प्रमुखहरुसहितको संयुक्त बैठकले कोत्रे–मुग्लिङ,नागढुङ्गा र नारायणगढ – मुग्लिङ सडकखण्डको विभिन्न स्थानमा पहिरो गई समय समयमा सवारी आवागमन बन्द हुँदै आएको र जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि २० गतेसम्म भारी वर्षा हुने अनुमान गरेकाले रातको समयमा सो सडकखण्डहरुमा यात्रा नगर्न अनुरोध गरेको हो ।

यात्रा गर्दा दिनको समयमा आफ्नो गन्तव्यमा पुग्ने गरी यात्रा गर्न र यात्रा गर्नु अघि सुरक्षा निकायहरुबाट आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।

सो अवधिभर अत्यावश्यकबाहेक मालवाहक ठूला सवारीसधानहरु नचलाउन अनुरोध गरेको छ । साथै पूर्वानुमान अनुसार वर्षा भएको खण्डमा वा त्यस्तो सम्भावना देखिएमा स्थानीय प्रशासनबाट राजमार्गहरुमा आवागमन बन्द गर्नुपर्ने अवस्था समेत आउन सक्ने भएकाले त्यस्तो अवस्था मतर्फ सचेत एवम् सतर्क रहि आवश्यक सहयोग गरिदिन सम्पूर्ण यात्रु महानुभावहरु एवम् संघसंस्थाहरुलाई अपिल गरेको अर्यालले बताउनुभयो ।

साथै सडकको अवस्था लगायतका विषयमा गुनासो एवम् जानकारी लिन तीनै जिल्लाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षकहरुसँग सम्पर्क गर्न सकिने छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट