टी–२० विश्वकपका लागि खेलाडी छनोट

काठमाडौं, १७ असोज । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को आयोजनामा आउँदो बुधवारदेखि ओमानमा हुने आइसीसी पुरुष टी–२० विश्वकप २०२६ को एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये […]
विपद् जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

काठमाडौं, १७ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गरी उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामग्री भण्डार, पुलिस डिजास्टर रेस्पन्स टिमको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे […]
रातिको समयमा अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

चितवन, १७ असोज । जिल्ला प्रशासन कार्यालय चितवन, धादिङ र तनुहँले पृथ्वीराजमार्गको कोत्रे–मुग्लिङ, नागढुङ्गा र नारायणगढ – मुग्लिङ सडकखण्डमा असोज १७ गतेदेखि २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको छ । शुक्रबार चितवनको इच्छाकामना – ३ चुम्लिङटारमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण […]
काठमाडौं-भरतपुरको नयाँ हवाई भाडादर ४ हजार ६४३ रुपैंया, अन्य कुन ठाउँको कति ?

भरतपुर, १७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको छ । प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको […]