काठमाडौं-भरतपुरको नयाँ हवाई भाडादर ४ हजार ६४३ रुपैंया, अन्य कुन ठाउँको कति ?

भरतपुर, १७ असोज

नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई भाडा महँगो हुने अवस्थालाई मध्यनजर गर्दै नयाँ भाडादर तोकेको छ । प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।

यस्तै काठमाडौं धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ । तय भएको दरभन्दा बढी रकम लिएर टिकट विक्री गरेको पाइएमा कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट