`बखान´ उपन्यासका लेखक वसन्त पराजुली सम्मानित

चितवन, ११ असोज ।
शिखा बुक्सले प्रकाशन गरेको `बखान´ उपन्यासका लेखक तथा वरिष्ठ पत्रकार वसन्त पराजुलीलाई तमु ह्यूल छोज धी गुरुङ राष्ट्रिय परिषद्, जिल्ला समिति चितवनले एक विशेष समारोहका बीच सम्मान गरेको छ ।

बखान उपन्यासले राजनैतिक तथा सामाजिक व्यक्तित्व बखानसिंह गुरुङको जीवनकथालाई यथार्थ रूपमै प्रस्तुत गर्न सफल भएको भन्दै परिषद्‌ले लेखक पराजुलीलाई सम्मान गरेको हो । गुरुङ समुदायको परम्पराअनुसार विशेष सम्मान प्रदान गरिएको सो कार्यक्रममा विभिन्न वक्ताहरूले बखान उपन्यासलाई ऐतिहासिक दस्तावेजको रूपमा लिएको धारणा व्यक्त गरे ।

कार्यक्रममा वक्ताहरूले बखानसिंह गुरुङको जीवनीले गुरुङ समुदायबाहेकका पाठकमाझ समेत नवीनता र चासो पैदा गराएको बताए । सेनाको जागिर छाडेर राष्ट्र र जनताको सेवामा समर्पित गुरुङको योगदानअनुसार सम्मान नपाएको उल्लेख गर्दै, उहाँप्रति कृतज्ञता प्रकट गरिएको थियो ।

नेपाली काँग्रेसको राजनीति दुई धारमा बगिरहेको सन्दर्भमा पुस्तकले राजनीतिक विभाजनका संकेत पनि झल्काएको चर्चा कार्यक्रमका वक्ताहरूले गरे ।

समाजसेवी गणेश गुरुङले बखान उपन्यासले गुरुङ समुदायको यथार्थतालाई उजागर गरेको उल्लेख गरे । त्यस्तै, माया कुमारी गुरुङले पुस्तकमा उल्लेख गरिएका सुधारिएको पञ्चायती व्यवस्थासँग जोडिएका विषयवस्तुहरूमाथि चर्चा गर्दै, पुस्तकले बिर्सँदै गएको इतिहास सम्झाउने काम गरेको बताइन् ।

पत्रकार विनोदबाबु रिजालले पुस्तकले गोरखा, तनहुँ, चितवन र नरकटियागञ्जमा बखानसिंह गुरुङले भोगेका अनुभवहरूलाई नाटकीय शैलीमा प्रस्तुत गरेको बताए । उनले भने, “सत्य घटनामा आधारित यस पुस्तकले चितवनबासीका लागि केवल साहित्यिक कृति नभई ऐतिहासिक दस्तावेजको भूमिका खेलेको छ ।”

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट