अवरुद्ध नारायणगढ – मुग्लिङ सडकखण्ड आज रातिदेखि सञ्चालनमा आउनसक्ने

भरतपुर, ९ असोज ।
नारायणगढ – मुग्लिङ सडकखण्डको तुइन खोला नजिकै झरेको पहिरो पन्छाउने काम निरन्तर भैरहेको छ । अहिलेसम्म ६०% भन्दा बढी पहिरो पन्छाएर सकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले नारायणगढ तर्फबाट एकवटा एक्साभेटर र एक लोडर तथा मुग्लिङ तर्फबाट २ वटा लोडर र एक वटा एक्साभेटर उपकरणहरु प्रयोग गरी निरन्तर रुपमा काम भैरहेको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । यसका अलावा दुवैतर्फ एकएकवटा लोडर तैनाथ अवस्थामा रहेका छन् । काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवै तर्फबाट कुल ५ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको सडक डिभिजनले जनाएको छ ।

पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठुलाठुला ढुंगाहरुका कारण केही कठिनाइ भएतापनि भएका उपकरणहरुले पूर्ण क्षमताका साथ काम गरिरहेको र पहिरो सफा गर्ने काम हालसम्म ६० प्रतिशत भन्दा बढी सम्पन्न भएको कार्यालयले बताएको छ ।

पहिरोको थुप्रोमा ढुंगाहरुको मात्रा बढी भएको र स-साना तिखा ढुंगाहरुका कारण टायर पंचर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याहरुले गर्दा सोचे अनुसारको प्रगति हुन नसकिएकोले हेभी इक्युपमेन्ट डिभिजन हेटौंडा र डुम्रेबाट दुइजना अपरेटरहरु पनि थप गरिएको छ । सडक डिभिजनले कुनै पनि बाधा नआएमा संभवत: आज बिहीबार रातिसम्ममा पूर्ण रुपमा पहिरो हटाई यातायात सञ्चालनमा ल्याउने आंकलन गरिएको जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट