हंसद्वारा बडादशैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

चितवन, ९ असोज । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बडादशैँ – २०८२ को पावन अवसरमा आपसी सद्भाव, एकता र सहकार्यलाई अभिवृद्धि गर्ने उद्देश्यका साथ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार शहीदचोक, नारायणगढस्थित संस्थाको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सेयर सदस्य, सञ्चालक समिति, उपसमिति तथा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रमका विशेष अतिथि संस्थाका […]
बागमती प्रदेशका ५ जिल्लामा ९० करोडको क्षति

मकवानपुर, ९ असोज । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका ५ जिल्लामा रहेका सरकारी संरचनामा आगजनी तथा तोडफोड हुँदा ९० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएकाे छ । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बिहीबार पत्रकार भेटघाट गरी उक्त विवरण सार्वजनिक गरेका छन् । […]
अवरुद्ध नारायणगढ – मुग्लिङ सडकखण्ड आज रातिदेखि सञ्चालनमा आउनसक्ने

भरतपुर, ९ असोज । नारायणगढ – मुग्लिङ सडकखण्डको तुइन खोला नजिकै झरेको पहिरो पन्छाउने काम निरन्तर भैरहेको छ । अहिलेसम्म ६०% भन्दा बढी पहिरो पन्छाएर सकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । अहिले नारायणगढ तर्फबाट एकवटा एक्साभेटर र एक लोडर तथा मुग्लिङ तर्फबाट २ वटा लोडर र एक वटा एक्साभेटर उपकरणहरु प्रयोग गरी निरन्तर […]