भरतपुर रोटरीको रक्तदान कार्यक्रम सम्पन्न

भरतपुर, ६ असोज ।
रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रोटरी क्लव अफ भरतपुरको आयोजनामा आइतबर भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लव अफ भरतपुरका कोषाध्यक्ष बद्रीनाथ पोखरेल कार्यक्रम संयोजक रहनु भएको उक्त कार्यक्रममा ५३ जनाले रक्तदान गर्नु भएको छ ।

रोटरी क्लव अफ भरतपुरका अध्यक्ष डा. कृष्णसागर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका पूर्व डिष्ट्रिक्ट गभर्नर रवीन्द्रकुमार पिया प्रमुख अतिथि रहनु भएको थियो । रोटरी क्लव अफ भरतपुरका सचिव नवीन भण्डारीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सर्भिस प्रोजेक्ट चियर राजेन्द्र चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका अध्यक्ष डा. विजयराज न्यौपाने, कार्यकारी निर्देशक शिवजी पौडेल, असिष्टेण्ड गभर्नर धनबहादुर श्रेष्ठ, रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष शिव खनाल, पूर्व अध्यक्ष विष्णु शर्मा, जलदेवी टोल विकास संस्था भरतपुर ७ का अध्यक्ष दीपक ढकाल, रोट्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष सुशान्त रेग्मी, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक तथा कर्मचारी, रोटरी क्लव अफ भरतपुरका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट