संवैधानिक प्रक्रिया र संवादबाट निकास निकाल्न आग्रह

भरतपुर, ३ असोज ।
शान्ति र लोकतन्त्रका लागि पेशागत संस्था पापडले संवैधानिक प्रक्रियाबाट निकास निकाल्नु पर्ने बताएको छ ।
पछिल्लो समय मुलुकमा विषम परिस्थिति उत्पन्न भएको ठहर गर्दै पापडले संवैधानिक प्रक्रिया र न्यायोचित संवादबाट निकास निकाल्न आग्रह गरेको छ ।

पापड चितवनले शुक्रबार संविधान दिवसको अवसर पारेर चितवनको भरतपुर स्थित चितवन जिल्ला अदालत बार एशोसिएशनको कार्यालय परिसरमा प्रदर्शन गरेको हो ।

पापड सयोजक एवं चितवन जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष फूलमाया रानाभाटले संविधान
रक्षाका लागि शान्तिपूर्ण प्रदर्शन गरिएको बताइन् । उनले
संविधान रहे मात्रै हामी रहने भन्दै यसको रक्षार्थ सबै एक हुनुको विकल्प नरहेको समेत टिप्पणी गरिन् ।

कार्यक्रममा विभिन्न पेशाकर्मीहरुको सहभागिता रहेको थियोे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट