बागमती प्रदेशका अनावश्यक प्रशासनिक संरचना खारेज गरिने

मकवानपुर, ३ भदौ । बागमती प्रदेश सरकारका अनावश्यक प्रशासनिक संरचना खारेज गरिने भएका छन् । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अनावश्यक संरचना हटाउने र खर्च कटौतीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, उद्योग, वाणिज्य, भूमि […]

नेपाली कांग्रेस चितवनद्वारा `संविधान कार्यान्वयनका चुनौती र समाधान´ विचार गोष्ठी सम्पन्न

चितवन, ३ भदौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा ११ औं संविधान दिवसको अवसरमा `संविधान कार्यान्वयनका चुनौती र समाधान´ विषयक विचार गोष्ठी आज सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा व्यक्त गर्दै नेपालको संविधानमा आवश्यक संशोधन गरी जेन-जी पुस्ताको अपेक्षाअनुसार स्थायी सरकार निर्माण र […]

संवैधानिक प्रक्रिया र संवादबाट निकास निकाल्न आग्रह

भरतपुर, ३ असोज । शान्ति र लोकतन्त्रका लागि पेशागत संस्था पापडले संवैधानिक प्रक्रियाबाट निकास निकाल्नु पर्ने बताएको छ । पछिल्लो समय मुलुकमा विषम परिस्थिति उत्पन्न भएको ठहर गर्दै पापडले संवैधानिक प्रक्रिया र न्यायोचित संवादबाट निकास निकाल्न आग्रह गरेको छ । पापड चितवनले शुक्रबार संविधान दिवसको अवसर पारेर चितवनको भरतपुर स्थित चितवन जिल्ला अदालत बार एशोसिएशनको […]

शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस मनाइयो

भरतपुर, ३ असोज । शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो । मुलुकमा शान्तिको कामना गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा परेवा उडाए । कार्यक्रममा जिल्लाका […]