काठमाडौं, २ असोज
आन्दोलनबाट सत्ताच्यूत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट निस्किएका छन् । बिहीबारदेखि उनी गुन्डुस्थित एक भाडाको घरम बस्न थालेका छन् ।
सूर्यविनायक–७ गुन्डुस्थित सो घर एमालेकै नेता महेश बस्नेतले ओलीका लागि भाडामा लिएका हुन् । बिहीबार उनलाई त्यहाँ एमाले कार्यकर्ताले स्वागत गरेका थिए । बालकोटस्थित घर पुनर्निमाण नभएसम्म ओली त्यही बस्ने भएका छन् । आन्दोलनकारीले बालकोटस्थित उनको दुवै घर जलाएका थिए ।
सरकारविरोधी आन्दोलन सुरक्षा निकायको नियन्त्रणबाहिर पुगेपछि गत २४ भदौमा उनले राजीनामा दिएका थिए । प्रधानमन्त्री निवासबाट सेनाले उनको उद्धार गरेको थियो । त्यसयता उनी सैनिक ब्यारेकमा बस्दै आएका थिए ।