यस्तो छ गायक हेमन्त शर्मा र उनका छोराको नयाँ गीत ‘बिन्ती छ यार मेरो गिदि नखाऊ’ (भिडियो सहित)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक हेमन्त शर्माले आफ्नो नयाँ गीत ‘बिन्ती छ यार मेरो गिदि नखाऊ’ सार्वजनिक गरेका छन्। गीतको म्युजिक भिडियो बुधबार बिहान उनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यस गीतको विशेष कुरा के हो भने यो ‘बाबु छोरा’ प्रोजेक्ट हो जसमा हेमन्त शर्मा र उनका कान्छा छोरा हिरक हेमन्त भट्टराई (लिल रक लुक) को सहकार्य रहेको छ।

यो गीतमा शर्मासँगै गायिका एलिना चौहान र उनका छोरा हिरक भट्टराईको स्वर रहेको छ । गीतको संगीत र शब्द हेमन्त शर्मा र हिरकले नै तयार पारेका हुन्। गीतको अडियो प्रोडक्सन, मिक्सिङ र मास्टरिङको जिम्मेवारी पनि हिरकले नै सम्हालेका छन्।

भिडियोमा डोना थापा मगर, देवी गर्बुजा मगर र निकिशा श्रेष्ठले अभिनय गरेका छन्। माैसम हिमालीले निर्देशन गरेको यस भिडियोमा नबराज उप्रेती र जीवन रसाइलीको सिनेमेटोग्राफी रहेको छ। अमृत चापागाईंले भिडियो सम्पादन र कलर गरेका हुन्। यस गीतलाई युवा पुस्ता लक्षित गरी ‘हिपप’ र ‘नेपप’ शैलीमा तयार पारिएको छ।

गीतको अडियो क्रेडिटमा गितारमा सन्जीव बराइली र सारंगीमा हेमन्त कान्छा रसाइलीको सहभागिता रहेको छ भने रिकर्डिस्टमा कमल थापा मगर र गोविन्द अनेकले काम गरेका छन्। भिडियोको मेकअप बिमला तामाङले गरेकी छन् भने ड्रेस भ्यालेन्टिनो द बुटिकले उपलब्ध गराएको छ।

पूरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट