चितवन, २ भदौ ।
भरतपुर क्षेत्रका विभिन्न होटलमा प्रहरीले आइतबार छापा मार्दा २० जना पक्राउ परेका छन् । भरतपुर र नारायणगढ बजारका होटलमा यौनजन्य क्रियाकलापमा संलग्न भएको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार पक्राउ पर्नेमा ११ जना महिला र ९ जना पुरुष रहेका छन् । पक्राउ परेकामध्ये केही होटल सञ्चालक र कामदार पनि रहेका बताइएको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नारायणगढको संयुक्त टोलीले छापा मारेको थियो । सो क्रममा विभिन्न होटलमा संलग्न गतिविधि देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । हाल नियन्त्रणमा परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





