काठमाडौँ, ३० साउन ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । शुक्रवार निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ । साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपौयाँले बढाईएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।





