श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै’ सार्वजनिक

मकवानपुर, ३० साउन । साहित्यकार श्यामकुमार बानियाँको ‘दोबाटोमा कुर्दाकुर्दै आज पनि साँझ पर्‍यो’ गीत पत्रकार सम्मेलन गरी सार्वजनिक गरिको छ । कार्यक्रममा ४ दशकदेखि साङ्गीतिक क्षेत्रमा लागिरहनु भएका सङ्गीतकार लाल श्रेष्ठको प्रमुख आथित्य रहेको थियो । यसअघि आकाश खुल्यो सुस्तरी, माया भन्नु जिन्दगीमा, शून्य शून्य लाग्न थाल्यो, हिमालमा घाम झूल्क्यो, ए जिन्दगीलगायतका गीतहरू गीतहरू ल्याउनु […]

‘पर्दापछाडिको भूटान’ माथि पोखरामा विमर्श

पोखरा, ३० साउन । पोखरामा भूटानी शरणार्थी नेता तथा लेखक बलराम पौड्यालको गैर–आख्यान ‘पर्दापछाडिको भूटान’ माथि विमर्श सम्पन्न भएको छ । पुछारसिटे अभियानद्वारा नयाँसडकस्थित हिमालयन रिडर्स कर्नरको सभाहलमा, अभियानका अध्यक्ष वसन्त विनोदको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्त प्रमुख अतिथि थिए । हालै प्रकाशित उक्त किताबमाथि आफ्नो समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै समालोचक महेश पौड्यालले […]

रवि लामिछानेलाई नख्खु कारागार ल्याइँदै

काठमाडौं, ३० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागार सरुवा गर्ने निर्णय भएको छ । गृहमन्त्रालयले लामिछानेलाई नख्खु कारागार सरुवा गर्न निर्देशन लगत्तै कारागार व्यवस्थापन विभागले रुपन्देही कारागारलाई पत्राचार गरेको छ  । कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले लामिछानेलाई सरुवा नक्खु कारागार ल्याउने निर्णय गरेका हुन् । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया […]

पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ, ३० साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । शुक्रवार निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।  साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपौयाँले बढाईएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

चितवनकी बिनु रायमाझीसहित बागमतीमा ५ मन्त्रीले लिए सपथ

भरतपुर, ३० साउन । बागमती प्रदेशमा नियुक्त भएका ५ जना मन्त्रीले सपथ लिएका छन् । इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको ५ जना मन्त्रीले सपथ लिएसँगै प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको हो । प्रदेशमा कांगेसबाट कन्चन चन्द्र वादे, प्रभात तामाङ, उर्मिला नेपाल, सुरेश श्रेष्ठ र चितवनकी विनु रायमाझी पौडेल मन्त्री बनेका छन् । उनीहरुलाई बागमती प्रदेशका […]

प्याब्सन चितवनले बुझायो सिडिओलाई ज्ञापन पत्र

भरतपुर ३० साउन । संघीय सरकारले संसद्मा पेस गरी विचाराधीन रहेको शिक्षा विधेयकप्रति चितवनका संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनले आपत्ति जनाएको छ । निःशुल्क शिक्षाका नाममा सरकारले पास गर्न लागेको विधेयकप्रति कडा आपत्ति जनाउँदै प्याब्सन चितवनले आफ्ना जायज माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको जनाएको छ । प्याब्सन चितवनका अध्यक्ष मदन पुरीको नेतृत्वको टोलीले […]

बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता

मकवानपुर, ३० साउन । बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । १४ वटा मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो । मन्त्रिपरिषदले पूर्णता पाएसंगै  […]

श्रीमतीको हत्या गरी श्रीमानद्वारा आत्मसमर्पण

नवलपरासी, ३० साउन । घरायसी विवादका कारण श्रीमानश्रीमती बीच विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । विनयी त्रिवेणी गाउँपालिका ३ उदयटारी निवासी ५० वर्षीय महेन्द्र पौडेलले घरायसी विवादमा आफ्नै श्रीमती ४७ बर्षीया गोमा पौडेलको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार शुक्रबार […]

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुने

मकवानपुर, ३० साउन । बागमती प्रदेशकाे मन्त्रिपरिषद्काे विस्तार हुने भएकाे छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार सरकार विस्तारको तयारी गरेका छन् । प्रदेशमा २० साउनमा मुख्यमन्त्री बानियाँले रिक्त पाँच मन्त्री नियुक्तिको तयारी गरेका छन् । बानियाँले मुख्यमन्त्री नियुक्त भएकाे दिन एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए । बागमतीमा कांग्रेस र […]

`रिमै´को शीर्ष गीत सार्वजनिक, दयाहाङसँग रिश्माको कमब्याक

चितवन, ३० साउन । भदौ २० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रिमै’ को शीर्षगीत सार्वजनिक भएको छ । बुधबार चितवनको सिजी ल्याण्डमार्कस्थित क्युएफएक्स सिनेमामा आयोजित प्रिमियर कार्यक्रमकाबीच ‘रिमै’ को शीर्षगीत सार्वजनिक गरिएको हो । सार्वजनिक चलचित्रको पहिलो गीत ‘रिमै’ मा दीपक शर्माको शब्द संगीत तथा आँसु लामा र रिता केसीको आवाज रहेको छ । नरेन्द्र […]

बागमतीका मेयर भरत थापालाई आठ वर्ष कैद र १० करोड जरिवाना

भरतपुर, ३० साउन । भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर भएका बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले आठ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना तोकेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको बिहीबारको इजलासले मेयर थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई जनही आठ वर्ष कैद र १० करोड नौ लाख ७८ […]