बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता

मकवानपुर, ३० साउन ।
बागमती प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

१४ वटा मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री बानियाँले यसअघि आफूसहित कांग्रेसबाट तीन र सत्ता साझेदार दल नेकपा एमालेबाट ६ मन्त्री नियुक्त गरिएको थियो ।

मन्त्रिपरिषदले पूर्णता पाएसंगै  बागमतीका मन्त्रीहरूको कार्यविभाजन यस प्रकार छ–

मन्त्री परिषद् पूनर्गठन तथा बिस्तार एवम् कार्य विभाजन

(१) मा. इन्द्रबहादुर बानियाँ  मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

(२) मा. मधुसूधन पौडेल मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

(३) मा. शिवराज अधिकारी मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय

(४) मा. किरण थापामगर मन्त्री,  स्वास्थ्य मन्त्रालय

(५) मा. उर्मिला नेपाल मन्त्री, युवा तथा खेलकुद मन्त्रालय

(६) मा. कन्चन चन्द्र वादे मन्त्री, सामाजिक बिकास मन्त्रालय

(७) मा. डा. दिनेशचन्द्र देवकोटा मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

(८) मा. प्रभात तामाङ मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

(९) मा. भरतबहादुर के.सी.  मन्त्री, वन तथा वातावरण मन्त्रालय

(१०) मा. सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय

(११) मा. जयराम थापा मन्त्री, श्रम, रोजगार तथा यातायात मन्त्रालय

(१२) मा. कृष्णकुमार तामाङ मन्त्री, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय

(१३) मा. विन्दु श्रेष्ठ मन्त्री उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय

(१४) मा. विनु रायमाझी पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट