मकवानपुर, ३० साउन ।
बागमती प्रदेशकाे मन्त्रिपरिषद्काे विस्तार हुने भएकाे छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार सरकार विस्तारको तयारी गरेका छन् ।
प्रदेशमा २० साउनमा मुख्यमन्त्री बानियाँले रिक्त पाँच मन्त्री नियुक्तिको तयारी गरेका छन् । बानियाँले मुख्यमन्त्री नियुक्त भएकाे दिन एमालेका ६ र कांग्रेसका २ मन्त्री नियुक्त गरेर सपथ गराएका थिए ।
बागमतीमा कांग्रेस र एमालेकाे गठबन्धनकाे सरकार छ । १४ मन्त्रालय रहेकाे बागमतीमा मुख्यमन्त्री सहित काँग्रेसकाे भागमा ८ र एमालेकाे भागमा ६ मन्त्रालयलकाे भागवण्डा छ । कांग्रेसले अब ५ वटा मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ । जसमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त हुँदैछन् ।
मुख्यमन्त्री बानियाँले काँग्रेसका कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनीहरूलाई शुक्रबार नै हेटौंडामा बोलाइएको स्रोतले जनाएको छ ।
प्रदेश प्रमुख कार्यालय स्रोतले भने मन्त्रिपरिषद विस्तारबारे नाम आइनसकेको तर आजै नियक्ति र शपथ हुने सम्भावना भने रहेको जनाएको छ ।





