भरतपुर, ३० साउन ।
बागमती प्रदेशमा नियुक्त भएका ५ जना मन्त्रीले सपथ लिएका छन् ।
इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा नेपाली कांग्रेसको ५ जना मन्त्रीले सपथ लिएसँगै प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको हो ।
प्रदेशमा कांगेसबाट कन्चन चन्द्र वादे, प्रभात तामाङ, उर्मिला नेपाल, सुरेश श्रेष्ठ र चितवनकी विनु रायमाझी पौडेल मन्त्री बनेका छन् । उनीहरुलाई बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
कांग्रेसका तर्फबाट मन्त्रि बनेका बादेलाई सामाजिक विकास मन्त्रालय, तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय, नेपाललाई युवा तथा खेलकुद मन्त्रालय र विनु रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालय र यस अघि नियुक्त भएका विना विभागीय मन्त्री शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सपथ ग्रहण कार्यक्रममा सभामुख भुवन कुमार पाठक, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मन्त्री, बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराल ,मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।





