चितवनमा स्नातक तह स्तरीय जनस्वास्थ्य क्विज हुँदै

चितवन, २१ साउन ।
चितवन मेडिकल कलेजअन्तर्गतको जनस्वास्थ्य विद्यार्थी क्लबको आयोजनामा राष्ट्रिय स्तरको स्नातक तह स्तरीय खुल्ला जनस्वास्थ्य हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी भदौ ७ गते भरतपुर -५ कैलाशनगरस्थित चितवन मेडिकल कलेज परिसरमा हुने क्लबले जनाएको छ ।

क्लबकी अध्यक्ष प्रत्युसा बुढाका अनुसार प्रतियोगितामा जनस्वास्थ्य स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तीन–तीन जनाको समूह बनाई सहभागिता जनाउन सक्नेछन् । कलेजका जनस्वास्थ्य संयोजक देवराज रेग्मीका अनुसार नेपालभरीका जनस्वास्थ्य स्नातक तहको कुनै पनि वर्षमा अध्ययनरत विद्यार्थीहरूले कम्तीमा तीन जनाको टोली बनाई बढीमा पाँच समूहसम्म दर्ता गर्न सक्नेछन् । टोली दर्ताका लागि सदस्यहरूको नामसहितको सिफारिसपत्र अनिवार्य गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रथम हुने समूहलाई २५ हजार, द्वितीयलाई १५ हजार र तृतीय समूहलाई १० हजार रुपैयाँ पुरस्कार दिने आयोजकको तयारी छ ।
सहभागी सबै समूहलाई प्रमाणपत्र प्रदान गरिनेछ ।

“विद्यार्थीहरूबीच जनस्वास्थ्यसम्बन्धी ज्ञान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” संयोजक रेग्मीले जानकारी दिएका हुन ।

इच्छुक समूहले साउन मसान्तभित्र अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ । दर्ता प्रक्रिया क्यूआर कोडमार्फत अनलाइन फाराम भरेर गर्न सकिने क्लबले जानकारी दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट