‘लक्की सांस्कृतिक साँझ २०८२’ मा लोकदोहोरी गायिका सरिता गुरुङ श्रेष्ठ सम्मानित

चितवन, १८ साउन ।
‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मूल नाराका साथ मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न भएको छ । भरतपुर-९, संगमटोल, चितवनमा रहेको डल्फिन फनपार्क एण्ड रिसोर्टको हलमा ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रम सम्पन्न गरेको हो ।

लक्की मिडिया हाउसका महाप्रबन्धक तथा कार्यक्रम संयोजक हरि कार्की ‘लक्की’ ले ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ मा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका सरिता गुरुङ श्रेष्ठलाई सम्मान गरिएको बताउनु भयो । नेपाली लोकदोहोरी क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित लोकदोहोरी गायिका श्रेष्ठलाई सम्मान गरिएको थियो । नेपाली लोकदोहोरी क्षेत्रमा बिगत लामो समयदेखि लागेकी गायिका श्रेष्ठको दर्जनौं लोकगीतमा आवाज दिएर कुशल गायिकाको रूपमा चिनिएकी छिन् । गायिका श्रेष्ठले यो भन्दा अगाडि पनि धेरै नै तीजका गीतमा मिठा आवाज दिएर आफ्ना कोसेलीहरू दर्शक, श्रोता माझ पस्कीसकेकी छन् । गायिका श्रेष्ठ खासगरी मेला महोत्सवबाट दोहोरी गायिकाको रूपमा स्थापित बनेकी हुन् ।

नेपाली लोक दोहोरी क्षेत्रकी वरिष्ठ लोकदोहोरी गायिका सुमन थापा मगर, गायिका सरिता गुरुङ श्रेष्ठ, गायिका सम्झना श्रेष्ठ, राधिका रिमाल ढकाल, आकृति घिमिरे पौडेललगायतले गीत गाएका थिए । ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ मा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । कार्यक्रममा भरतपुर वडा नम्बर ७ का वाद्यवादन समुह र संगीतको पुरानो बाजा मुरलीको धुन बजाएर कृष्ण प्रसाद पंगेनीले ‘लक्की सांस्कृतिक साँझ २०८२’ कार्यक्रममा आउनु भएका अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।

लक्की मिडिया हाउस चितवनका निर्देशक इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा विकासप्रेमी युवा नेता राजेन्द्रमणि काफ्ले, विशिष्ट अतिथिमा रक्तदान कार्यक्रम सहजीकरण समितिको जिल्ला संयोजक रेडक्रस अभियन्ता कृष्णप्रसाद ढकाल, पिस जोन ईंग्लिश स्कुलका प्राचार्य मुक्तिनाथ अधिकारी, साप्ताहिक सञ्जाल नेपाल चितवनका अध्यक्ष सूर्य बराल र लक्की मिडिया हाउसका महाप्रबन्धक एवम् कार्यक्रम संयोजक हरि कार्की ’लक्की’ रहेका थिए ।

लक्की मिडिया हाउसका महाप्रबन्धक एवम् कार्यक्रम संयोजक कार्कीले, ‘लक्की इलेक्ट्रोनिक्स लक्की सांस्कृतिक साँझ २०८२’ सफल पार्न साथ सहयोग गर्नु हुने चर्चित गायिकाहरु, दर्शक, बिज्ञापनदाता, पत्रकार लगायत सम्पूर्ण शुभचिन्तकहरुमा धन्यवाद व्यक्त गरेका थिए । सांस्कृतिक साँझ कार्यक्रममा लोकदोहोरी तथा तीजका गीतहरु गाएर गायिकाहरुले प्रस्तुति दिएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट