राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरुवात

भरतपुर, १७ साउन ।
भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित हात पारेको छ ।

भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । कालिकाको जितमा विजय श्रेष्ठ र भिम गुरुङले गोल गरे । चितवन जिल्ला कमिटीका लागि वसन्त कुमालले एक गोल गरे ।

यो जितसँगै कालिका नगरकमिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शनिबार राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी र ईच्छाकामना गाउँ कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

२३ गतेसम्म चल्ने प्रतियोगितको विजेताले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट