राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा कालिकाको विजयी सुरुवात

भरतपुर, १७ साउन । भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आजबाट सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित हात पारेको छ । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । […]

कवि अल्पज्ञानीको कविता सङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण

काठमाडौँ, १७ साउन । कवि अल्पज्ञानीद्वारा रचित कवितासङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ एक विशेष साहित्यिक समारोहका बीच लोकार्पण गरिएको छ । नेपाली कवितामा नवीन सोच, गहिरो अनुभूति र वर्तमान समयका विविध सन्दर्भ उजागर गर्ने प्रयासस्वरूप प्रकाशित यस कृतिको विमोचन राजधानीस्थित काठमाडौँस्थित मोडल कलेजको सभाहलमा भएको हो । वरिष्ठ साहित्यकार डा नवराज लम्सालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा […]