कवि अल्पज्ञानीको कविता सङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ लोकार्पण

काठमाडौँ, १७ साउन ।
कवि अल्पज्ञानीद्वारा रचित कवितासङ्ग्रह ‘उज्यालो पर्खिरहेको मानिस’ एक विशेष साहित्यिक समारोहका बीच लोकार्पण गरिएको छ ।
नेपाली कवितामा नवीन सोच, गहिरो अनुभूति र वर्तमान समयका विविध सन्दर्भ उजागर गर्ने प्रयासस्वरूप प्रकाशित यस कृतिको विमोचन राजधानीस्थित काठमाडौँस्थित मोडल कलेजको सभाहलमा भएको हो ।

वरिष्ठ साहित्यकार डा नवराज लम्सालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सामालोचक तथा कथाकार डा अशोक थापा तथा समालोचक डा. गीता त्रिपाठीले कृतिबारे समीक्षात्मक मन्तव्य राखेका थिए । उनीहरूले कवि अल्पज्ञानीको कवितामा जीवन, समय र समाजप्रतिको संवेदनशील दृष्टिकोण प्रकट भएको उल्लेख गर्दै कृतिलाई समसामयिक नेपाली साहित्यको मूल्यवान सामग्रीको रूपमा व्याख्या गरे ।

अग्रज साहित्यकार भुवनहरि सिग्देलले अध्यक्षता गर्नुभएको कार्यक्रममा प्रमुअ अतिथि लम्सालले अल्पज्ञानीका कवितामा रहस्य र प्रश्नहरूको प्रबलता रहेको बताए । साहित्यिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा सहभागी वक्ताहरूले कविताले समाजको उज्यालो पर्खिरहेको आम मानिसको आवाजलाई उजागर गर्न सफल भएको धारणा समेत व्यक्त गरे ।

कवि अल्पज्ञानीले सो अवसरमा आफ्नो रचनात्मक यात्रा र सङ्ग्रह लेख्दाका अनुभूतिहरू साझा गर्दै सबैप्रति आभार व्यक्त गरे। कार्यक्रममा साहित्यकार डा राजेन्द्र चापागाईंले शुभकामना मन्तव्य राखेका थिए । सेही अवसरमा कविहरू सञ्जिव पौडेल, अमृत क्षेत्री, लक्ष्मीदेवी गौडेलले ‘उज्यालो पर्खिरहेको मानिस’ कृतिभित्रका कविता बाचन गरेका थिए ।
पेज टर्नर प्रालिले प्रकाशन गरेको कृतिको बजार मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट