रुसमा सन् १९५२ यताकै शक्तिशाली भूकम्प

काठमाडौँ, १४ साउन ।

रूसमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार बिहान ८ः२५ बजे रसियाको सुदूर पूर्वी तटमा गएको भूकम्प ८.८ म्याग्निच्युडको रहेको जनाएको छ ।

भूकम्पको म्याग्निच्युड सुरुमा ८.० भनिए पनि अन्ततः ८.७ मा रहेको जनाएको हो । साथै, ६.९ म्याग्निच्युडका धेरै शक्तिशाली परकम्पहरू रेकर्ड गरिएका छन् ।

भूकम्पले रुसी शहर पेट्रोपाभ्लोभस्क–कम्चात्स्कीमा सडकमा उभिएका भवन र कारहरूलाई क्षति पुर्याएको छ, जसमा विद्युत् कटौती र मोबाइल फोन सेवा अबरूद्ध रहेको छ ।

कामचट्का प्रायद्वीपमा गएको यो भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भएको यूएसजीएसले जनाएको छ । यसअघि नोभेम्बर ४, १९५२ मा कामचट्कामा ९.० म्याग्निच्युडको भूकम्प गएको थियो । जसले अमेरिकाको हवाईमा ९.१ मिटर (३० फिट) अग्ला सुनामीका छालहरू गएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट