मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि जेल चलान

भरतपुर, १४ साउन । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले सो आदेश दिएको हो । उनी बिरूद्द किशोरी बलात्कारको मुद्दा हिजो मात्रै दर्ता भएको थियो । दोषी प्रमाणित भएमा ७ देखी १० बर्ष सम्म उनी जेलमा जानेछन् ।
रुसमा सन् १९५२ यताकै शक्तिशाली भूकम्प

काठमाडौँ, १४ साउन । रूसमा ८.८ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बुधबार स्थानीय समय अनुसार बिहान ८ः२५ बजे रसियाको सुदूर पूर्वी तटमा गएको भूकम्प ८.८ म्याग्निच्युडको रहेको जनाएको छ । भूकम्पको म्याग्निच्युड सुरुमा ८.० भनिए पनि अन्ततः ८.७ मा रहेको जनाएको हो । साथै, ६.९ म्याग्निच्युडका धेरै शक्तिशाली परकम्पहरू रेकर्ड गरिएका […]
संसदीय दलको नेतामा बानियाँ र लामाकै उम्मेदवारी

मकवानपुर, १४ साउन । नेपाली कांग्रेस बागती प्रदेशकाे संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ । कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको मंगलबारकाे बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा संसदीय दलकाे नेता चयनका लागि निर्वाचन समिति गठन गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा हेटौंडामा बसेको कार्यसम्पादन समिति बैठकले श्रेष्ठकाे संयोजकत्वमा गठित समितिमा […]