लामाले गुमाए विश्वासको मत

मकवानपुर, १३ साउन ।

बागमती प्रदेशअन्तर्गत नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलमा विश्वास गुमाएका छन् । बागमतीका मुख्यमन्त्री समेत रहेका लामाविरुद्ध काँग्रेस सभापति समेत रहेका इन्द्रबहादुर बानियाँले २१ जना प्रदेश सभा सांसदले अविश्वासकाे प्रस्ताव दर्ता गराएका थिए ।

संसदीय दलमा मंगलबार भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको छ । उनको विपक्ष अर्थात् बानियाकाे पक्षमा मा २२ मत परेको पूर्वमन्त्री समेत रहेका सांसद सुरजचन्द्र लामिछानेले जानकारी दिए । यससँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका छन् ।

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसदहरूले उनको विकल्पमा प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई अघि सारेका थिए ।

संसदीय दलमा लामाले विश्वास गुमाएकोसँगै उनलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानियाँलाई सरकार हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट