भरतपुर, ११ साउन ।
लेट्स टकको आयोजनामा `सरकारी सेवा कति आकर्षण कति विकर्षण ?´ भन्ने शीर्षकमा रहेर बहस कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद सापकोटा, शिक्षक अगुवा होमनाथ न्यौपाने तथा शिक्षक अगुवा इन्दिरा मरहठ्ठा वक्ताको रुपमा रहनुभएको उक्त कार्यक्रम पत्रकार एवं शिक्षक विपिन पाठकले सहजीकरण गर्नुभएको थियो ।
सरकारी सेवामा रहेका र सेवा प्रवेश गर्न चाहनेलगायतका अग्रज प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रमले समग्र सरकारी सेवाको सेवा प्रवाह, समस्या र आगामी कार्यदिशाबारे बिहंगम छलफल भएको थियो । सेवा प्रवाह चुस्त दुरुस्त बनाउने, आर्थिक पारदर्शिता तथा इगभर्नेन्सको अवधारणा अगाडि ल्याएर सरकारी सेवा प्रवाहलाई सुधार गर्न सकिने वक्ताहरूको भनाई रहेको थियो । अविरल यात्री, बासुदेव सापकोटा, अर्जुन अर्याल, कृष्णप्रसाद खनाल, सामना पहाड, राजु अधिकारीलगायतका प्रश्नकर्ताका जिज्ञासाहरूलाई वक्ताहरूले प्रष्ट पारेका थिए । लेट्स टकका अध्यक्ष आकाश पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूलाई मायाको चिनोस्वरुप किताब प्रदान गरिएको थियो ।





