अङ्कुरम् एकेडेमीमा ‘बदलिँदो युगमा असल अभिभावकत्वः चुनौती र अवसर’ अभिभावक प्रशिक्षण

भरतपुर, ११ साउन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा २१औँ शताब्दीमा अभिभावकत्वमा चुनौतीहरू थपिएको बताइएको छ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अभिभावकहरूका लागि छुट्टाछुट्टै आयोजित कार्यक्रम असल अभिभावक बन्न गर्नुपर्ने र गर्न नहुने व्यवहारबारे तथ्यसहित प्रशिक्षण दिइएको हो । कार्यक्रमका प्रशिक्षक सेन्ट जेभियर्स स्कुलका पूर्वप्राधानाध्यापक जोसेफ निरौलाले आजको युगमा अभिभावकहरूलाई […]
कथाकार पराजुलीको ऐतिहासिक उपन्यास `बखान´ आउँदै

काठमाडौं, ११ साउन । पत्रकार, कथाकार वसन्त पराजुलीको ऐतिहासिक उपन्यास `बखान´ प्रकाशन हुने भएको छ । कथामा कलम चलाइरहनु भएका उहाँ पहिलोपटक उपन्यास लिएर आउँदै हुनुहुन्छ । प्रकाशक शिखा बुक्सले शुक्रबार बखान उपन्यासको आवरण (कभर) सार्वजनिक पनि गरेको छ । शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले साउन अन्तिममा बखान बजारमा आउने जानकारी दिनुभयो । `हामी प्रकाशनको […]
रोटरी क्लव अफ भरतपुरको वृक्षरोपण सम्पन्न

भरतपुर, ११ साउन । रोटरी इन्टरनेशनल ३२९२ को एकै दिन ५० हजार विरुवा रोप्ने लक्ष्य पुरा गर्ने उदेश्य अनुरुप रोटरी क्लव अफ भरतपुरको आयोजनामा शनिबार कालिका नगरपालिका ८ देवीटारमा वृक्षरोपण गरिएको छ । सो अवसरमा आधारभूत विद्यालय कालिका ८ देविटार, साउनेपानी कवुलियती बनमा आँप, लिचि लगायत विभिन्न जातका १ हजार विरुवा रोपिएको हो । रोटरी […]
रामकृष्णको गजलकृति ‘अनायास’प्रति आकर्षित हुँदैगर्दा

आने में सदा देर लगाते ही रहे तुम , जाते रहे हम जान से , आते ही रहे तुम । -‘रासिख’ अजीमाबादी । बगरमा बालुवाको घर बनाउन खोज्दै छ ऊ , र त अरूको बस्तीमा आगो लगाउन खोज्दै छ ऊ । -अनायास , ग. सं. , पृ. ५४ । पिता हरिप्रसाद पौडेल र माता कुमकुमारी […]
लेखक हीरामणि शर्माका चारवटा कृति एकैसाथ लोकार्पण

भरतपुर, ११ साउन । हाम्रो मझेरी साहित्य प्रतिष्ठानद्वारा शनिबार भरतपुरमा आयोजित कार्यक्रममा कवि, आख्यानकार हीरामणि शर्माका चारवटा कृति लोकार्पण गरिएको छ । भरतपुर- ९ स्थित फोर सिजन पार्टी प्यालेसमा साहित्यिक जमातका बीच कृतिको लोकार्पण गरिएको हो । लोकार्पित कृतिहरूमा कथासङ्ग्रह ‘मनबिरेका सपनाहरु’, उपन्यास ‘परिणिती’, र मुक्तक सङ्ग्रह ‘स्वाभिमान’ रहेका छन् । साथै, कवितासङ्ग्रह ‘माटो र […]
भ्यू चितवनको चौथो राष्ट्रिय सम्मेलनमा अभि सुवेदीलाई सम्मान

सौराहा, ११ साउन । अङ्ग्रेजी शिक्षकहरूको सङ्गठन ‘भिलेज अफ इङ्लिस राइटर्स’ (भ्यू) चितवनले आफ्नो चौथो राष्ट्रिय सम्मेलन शनिबार सौराहामा सम्पन्न गरेको छ । ‘साहित्य, पर्यावरण र संरक्षण’ विषयलाई केन्द्रमा राखेर आयोजित उक्त सम्मेलनमा अङ्ग्रेजी साहित्य र शिक्षण क्षेत्रमा विशिष्ट योगदान पुर्याएका प्राध्यापक डा. अभि सुवेदीलाई सम्मानित गरिएको छ । सुवेदीलाई २५ हजार रुपैयाँ राशिको युवराज […]
`सरकारी सेवा कति आकर्षण कति विकर्षण ?´ शीर्षकमा विमर्श

भरतपुर, ११ साउन । लेट्स टकको आयोजनामा `सरकारी सेवा कति आकर्षण कति विकर्षण ?´ भन्ने शीर्षकमा रहेर बहस कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद सापकोटा, शिक्षक अगुवा होमनाथ न्यौपाने तथा शिक्षक अगुवा इन्दिरा मरहठ्ठा वक्ताको रुपमा रहनुभएको उक्त कार्यक्रम पत्रकार एवं शिक्षक विपिन पाठकले सहजीकरण गर्नुभएको थियो । सरकारी सेवामा रहेका र […]
चितवनमा विद्युत् प्राधिकरणले निकाल्यो लोडसेडिङ तालिका

चितवन, ११ साउन । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै आज साउन ११ गतेदेखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा […]
एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

काठमाडौँ, ११ साउन । चन्द्रागिरि नगरपालिका–५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ । छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति […]