स्वर्ग जस्तो राम्रो हुन्न कोही भन्ने गर्छन्
स्वर्ग भन्दा मातृभूमि धेरै सम्मान गर्छन्
१
प्रकृतिको बगैंचामा नेपाल रमेको छ
नेपालीले नदी , हिमाल, झर्ना पाएको छ ।
नेपाली हो सम्पत्तिमा दुःखी छैनौँ भन
बाढी पैरो रोकथाममा लगाउनु छ मन ।
२
काफल र ऐंसेलु छन् वसन्तका फल
फेदै हेर डाँफे ,मुनाल नाचेका छन्
हुल ।
लेक माथि हिमाल तल हेर चित्रे गोठ
भेडा च्याङ्ग्रा याक चौरीले कमाउँछौँ नोठ ।
३
चितुवा ,भालू ,बाँदरका हुल पनि यहीँ
तलै मधेश घडियाल गोही जाँहि-त्यहीँ ।
सिलाजित पाँचऔँले यार्सागुम्बा यहीँ
नेपालै हो जडिबुटी छैन अन्त कहीँ ।
४
मन्दिरमा सालिकराम पूजा चलेका छन्
गुफै गुफा ऋषिजीका आश्रम बनेका छन् ।
संसारी सुख धर्म भूमि नेपाल भएको छ
बुद्ध जन्मभूमिबाट शान्ति आएको छ ।
(५)
मठ मन्दिर भित्र कृष्ण राधा बोलेका छन्
राम श्याम गोविन्दका भजन चलेका छन् ।
मन्दिरमा आरतिका बत्ती बलेका छन्
खेत पाखामा सुन चाँदी अन्न फलेका छन् ।
(६)
स्याउ सुन्तला धेरै फल्दा रसाउँछ मुख
टिपी खाऊँ बोल्छ मन जिब्रो रसाउँछ ।
पाखा भरी कति कति अलैंचीको फल
दैवीय यी प्रकृतिले पारी मल जल ।
(७)
घडियाल गोही माछा नमारन भाइ
यी जैवीय रुख बन नमासन भाइ ।
प्रकृति यो सफा राखौँ गर्न हुन्न फोहोर
बाढी पहिरो रोकथाम हुन्छ, खन्न हुन्न पहाड ।





