रेडियो संकेतले गैंडाकोटमा खुला तीज गीत प्रतियोगिता गर्ने

गैंडाकोट, ५ साउन । नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुला तीज गीत प्रतियोगिता – २०८२ आयोजना गर्ने भएको छ । जिल्लाभरिका नयाँ तथा पुराना कलाकारहरूको प्रतिभा उजागर गर्न साउन २५ गते कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ । रेडियो संकेतका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले तीज पर्वले महिलाहरूबीच आत्मीयता, सांस्कृतिक […]

न्यू क्यापिटल कलेजले स्रस्टा खनाललाई सम्मान गर्ने

रत्ननगर, ५ साउन । कवि, कथाकार विश्वनाथ खनाल सम्मानित हुने भएका छन् । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यापिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सवका अवसरमा खनाललाई सम्मान प्रदान गर्न लागिएको हो । कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी २२ वटा शीर्षकमा विविध कार्यक्रम गरी रजत महोत्सव मनाउने जानकारी दिएको छ । […]

न्यू क्यपिटल कलेजले रजत महोत्सव मनाउने

रत्ननगर, ५ साउन । रत्ननगर नगरपालिका – ४ स्थित न्यू क्यपिटल कलेजले २५ औँ वार्षिकोत्सव तथा रजत महोत्सव मनाउने भएको छ । कलेजले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी वर्षभरी २२ वटा शीर्षकमा विविध कार्यक्रम गरी रजत महोत्सव मनाउने जानकारी दिएको छ । वि.सं. २०५७ मा १७ जना शिक्षक र ८१ जना विद्यार्थीबाट सुरु भएको उक्त […]

प्राकृत नेपाल (कविता)

स्वर्ग जस्तो राम्रो हुन्न कोही भन्ने गर्छन् स्वर्ग भन्दा मातृभूमि धेरै सम्मान गर्छन् १ प्रकृतिको बगैंचामा नेपाल रमेको छ नेपालीले नदी , हिमाल, झर्ना पाएको छ । नेपाली हो सम्पत्तिमा दुःखी छैनौँ भन बाढी पैरो रोकथाममा लगाउनु छ मन । २ काफल र ऐंसेलु छन् वसन्तका फल फेदै हेर डाँफे ,मुनाल नाचेका छन् हुल । […]

लायन्स क्लब अफ रत्ननगर मीड नेपालद्वारा परियारलाई ह्विलचेयर सहयोग

रत्ननगर, ५ साउन । रत्ननगर वडा नं २ टाँडी निवासी शिव परियारलाई ह्विलचेयर प्रदान गरिएको छ । लायन्स क्लब अफ रत्ननगर मीड नेपाल ले उनलाई ह्विलचियर सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल, क्लबका अध्यक्ष हेमराज आचार्यले ह्विलचेयर हस्तान्तरण गरेका […]

देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

चितवन, ५ साउन । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ । विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो । विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटकपटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो । मिलिनियम […]

भरतपुरमा विश्वकै अग्रणी ई–स्कुटर ब्रान्ड ‘याडिया’ सोरूम उद्घाटन

चितवन, ५ साउन । नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको बजार तीव्र बन्दै गएको समयमा विश्वकै सबैभन्दा ठूलो ई-स्कुटर ब्रान्ड मानिने YADEA (याडिया) ले भरतपुर–१२, केन्द्रीय बसपार्क नजिक नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक( KUZU Nepal Pvt. Ltd.)को वितरण सञ्जालमार्फत स्थानीय अधिकृत डिलर आयाम मोटर्सले सोरूमको विधिवत् उद्घाटन गरेको हो । कार्यक्रममा स्थानीय […]