लायन्स क्लब अफ रत्ननगर मीड नेपालद्वारा परियारलाई ह्विलचेयर सहयोग

रत्ननगर, ५ साउन ।

रत्ननगर वडा नं २ टाँडी निवासी शिव परियारलाई ह्विलचेयर प्रदान गरिएको छ । लायन्स क्लब अफ रत्ननगर मीड नेपाल ले उनलाई ह्विलचियर सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, वडा नं १० का वडाध्यक्ष कलाधर पौडेल, क्लबका अध्यक्ष हेमराज आचार्यले ह्विलचेयर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा कार्यपालिकाका सदस्य राजेन्द्र हमाल, लायन्स क्लब इन्टरनेशन ३२५ आर नेपालका रिजन चियर पर्सन पुष्पराज श्रेष्ठ, जोन चियर पर्सन यमन भूषाले लगायतको आतिथ्यता रहेको थियो । क्लबका निवर्तमान अध्यक्ष किसन प्रसाद पौडेलको संयोजकत्वमा भएको उक्त कार्यक्रम क्लबका सचिव धर्मराज चालिसेले सञ्चालन गरेका थिए ।

क्लबका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यकममा क्लबका प्रथम उपाध्यक्ष लायन सुरेश जङ पाण्डे, द्वितीय उपाध्यक्ष शकर पौडेल, तृतीय उपाध्यक्ष दीपेन्द्र शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष घिमिरेले आवश्यक परेको व्यक्तिलाई मीड नेपालले ह्विलचेयर सहयोग गरेर मानवीयता प्रर्दशन गरेको भन्दै उक्त कार्यको प्रशंसा गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट