प्रत्यूषले पाठकलाई गजलको नयाँ स्वाद दिने अपेक्षा राखेकी छु : पौडेल

सरस्वती पौडेल पेशाले शिक्षक हुन् । श्री भद्रकुमारी आधारभूत विद्यालय भरतपुर- ५ मा शिक्षण गर्छिन् । विशेषगरी गजल लेख्न रुचाउने यिनको `प्रत्यूष´ पहिलो सङ्ग्रह हो ।
यो सङ्ग्रह गजल मञ्च चितवनले प्रकाशन गरेको हो । पौडेल यसै संस्थाकी कोषाध्यक्ष हुन् । प्रत्यूष गजलसङ्ग्रहका सन्दर्भमा रहेर कायाकैरनले पौडेलसँग छोटो कुराकानी गरेको छ :

** `प्रत्यूष´को प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

`प्रत्यूष´को प्रतिक्रियाले ऊर्जा र उत्साह थपेको छ । प्रत्यूष जजसले पढ्नु भो सबैले मार्मिक, यथार्थमा आधारित र समसामयिक अवस्थाको चित्रण गजलमार्फत गरेको भन्ने प्रतिक्रिया दिनुभएको छ ।

** प्रत्यूषमा कस्ता गजलहरु छन् ?
प्रत्यूषमा समाजमा देखापरेका समस्या, घरघरमा भएका अभाव, प्रेमले दिएको धोका, बिदेशिएकाको आशा र भरोसा, राज्यले जनतालाई गर्ने बेवास्ता, समयमा नपाएको न्याय जस्ता कुरालाई उठान गरिएका गजलहरु छन् ।

** गजल लेख्दा के कुरामा ध्यान दिनुहुन्छ ?

गजल लेख्दा रदिफ र काफिया त मुख्य कुरा नै भयो । त्यो भन्दा पनि गजलको संरचनाका लागि विभिन्न नियममा बाँधिनु पर्दछ । त्यसमा शब्द चयन र भाव त छँदैछ ।

** समग्र नेपाली गजलको अवस्था कस्तो छ ?
गजल सबैले मन पार्ने बिधा हो । गायनबाट गजलले सबैको मन
लुटेको हुन्छ । समग्र नेपाली गजलको अवस्था उदाउँदो सूर्य जस्तै छ । गजलका थुप्रै स्टेज कार्यक्रमहरु भैरहेका छन् । टिकटमा गजल, एकल गजल वाचन जस्ता कार्यक्रमहरु भैरहेका छन् । गजलका यिनै गतिविधिले गर्दा लेखिरहने कलमलाई तिखारेको छ ।

** पाठकले प्रत्यूष किन पढ्ने ?

प्रत्यूषमा समाजमा भैरहेको विषय बस्तुलाई उठान गरिएको छ । प्रवासीका पीडाहरु, देखमा भैरहेको अराजक गतिविधिलाई नियाल्ने प्रयास गरिएको छ । प्रत्यूषले पाठकलाई गजलको नयाँ स्वाद दिने अपेक्षा मैले राखेकी छु ।

** तपाईंको लेखनलाई कुन रूपमा निरन्तरता दिनुहुन्छ ?

खासमा लेखनले मात्रै पेट पाल्न सकिँदैन । पेट पाल्न मजदुरी त गर्नै छ, त्यसको अलावा समय निकालेर लेख्ने कामको निरन्तरता त छँदै छ । म विशेषगरी गजल लेखन मै सक्रिय रहन्छु ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट