ओली – भण्डारी भेटवार्ता

काठमाडौँ, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्यूरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन […]

बिरामी, दु:खी आफन्त र क्यान्सर अस्पताल

क्यान्सर एक यस्तो जटिल रोग हो, जसले विश्वभरका मानिसहरूलाई प्रभावित गरेको छ । नेपालमा पनि यो रोगको प्रकोप दिनानुदिन बढिरहेको छ । यो रोगले बिरामीको शारीरिक स्वास्थ्यमा मात्र नभई मानसिक र भावनात्मक अवस्थामा पनि गहिरो असर पार्छ । साथै, बिरामीका आफन्तहरूले पनि ठूलो दुःख र तनावको सामना गर्नुपर्छ । क्यान्सर अस्पतालहरूले यस्तो अवस्थामा बिरामी र […]

भूतखोलाको उकालोसँग (नियात्रा)

देवघाटधामबाट हिँडेको साठी जनाको टोली चौबिसौँ दिनमा मुस्ताङ जिल्लाको धीमे ठाँटी भन्ने ठाउँमा गएर बास बस्यो । दशदेखिन् पन्ध्र किलोमिटर हिँडेपछि बल्ल एउटा गाउँ देखिन्थ्यो । केही पोथ्रापोथ्री बोटबिरुवाहरू देखिन्थे । भरपूर हरियाली देख्न नपाएको लगभग साता दिन भएको थियो । पृथ्वीको अर्कै कुनै अनकन्टार कुनामा आएजस्तो भएको थियो । ढुङ्गा, माटो र बालुवामात्र थियो […]

बाग्लुङका सूर्य लामिछानेद्वारा एनसीसी केन्द्रीय सदस्यमा उम्मेदवारी

जापान (टोकीयो), ४ साउन । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा सङ्घमा आवद्ध सबै देशमा रहेका गैह्रआवासीय नेपालीहरुको उम्मेदवारी दर्ता घोषणा क्रम जारी छ । पछिल्ला दिनयता सङ्घको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सी नै चलेको छ । देशको झन्डै एक चौथाइ जनसंख्या विदेशका विभिन्न ठाउंँमा शिक्षा, रोजगारी […]

जिल्ला प्रशासन अगाडि हेटौंडाका जनप्रतिनिधिको आन्दोलन

मकवानपुर, ४ साउन । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आन्दोलन सुरु गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्रन नसकेपछि जनप्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुखविरुद्ध आन्दोलन गरेका हुन् । उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा साङ्केतिक कार्यालय […]

प्रत्यूषले पाठकलाई गजलको नयाँ स्वाद दिने अपेक्षा राखेकी छु : पौडेल

सरस्वती पौडेल पेशाले शिक्षक हुन् । श्री भद्रकुमारी आधारभूत विद्यालय भरतपुर- ५ मा शिक्षण गर्छिन् । विशेषगरी गजल लेख्न रुचाउने यिनको `प्रत्यूष´ पहिलो सङ्ग्रह हो । यो सङ्ग्रह गजल मञ्च चितवनले प्रकाशन गरेको हो । पौडेल यसै संस्थाकी कोषाध्यक्ष हुन् । प्रत्यूष गजलसङ्ग्रहका सन्दर्भमा रहेर कायाकैरनले पौडेलसँग छोटो कुराकानी गरेको छ : ** `प्रत्यूष´को प्रतिक्रिया […]

साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण

काठमाडौं, ४ साउन । साहित्यकार गोकर्ण मल्लको उपन्यास ‘निर्गम’ लोकार्पण भएको छ । रत्ननगर वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको उक्त उपन्याय शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राडा गोविन्दराज भट्टराई र प्राडा कुमारप्रसाद कोइरालालगायत साहित्यकारले संयुक्त रूपमा विमोचन गरेका थिए । शिक्षा, उमेर, परिश्रम गर्ने क्षमता, आर्थिक अवस्था बलियो हुँदाहुँदै मजदुर, विद्यार्थी, कर्मचारी, उद्योगपतिका नाममा नेपाली युवामा विदेशप्रतिको […]

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ३ साउन । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आइतबार बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो । विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र […]