बाग्लुङका सूर्य लामिछानेद्वारा एनसीसी केन्द्रीय सदस्यमा उम्मेदवारी

जापान (टोकीयो), ४ साउन ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न निर्वाचनमा सङ्घमा आवद्ध सबै देशमा रहेका गैह्रआवासीय नेपालीहरुको उम्मेदवारी दर्ता घोषणा क्रम जारी छ । पछिल्ला दिनयता सङ्घको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने रस्साकस्सी नै चलेको छ ।

देशको झन्डै एक चौथाइ जनसंख्या विदेशका विभिन्न ठाउंँमा शिक्षा, रोजगारी तथा व्यवसायमा सक्रिय रहंँदै आएका छन् । गैर आवासीय नेपालीहरुको छाता सङ्गठनका यी पदहरुमा निकै प्रतिस्पर्धा हुने गर्छ । सङ्घको आवद्ध देशहरुमा चुनावी सरगर्मी बढिरहेकै बेला जापानबाट पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

यसैक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद् जापान (एनसिसि) केन्द्रीय सदस्यमा बाग्लुङका सूर्य लामिछानेले उम्मेद्धवारी दर्ता गर्नुभएको छ । जापानमा दुई दशकदेखि विभिन्न पेशा, व्यवसायमा आवद्ध लामिछानेले यो निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

को हुन् सूर्य लामिछाने ?
गण्डकी प्रदेशको बाग्लुङ जिल्ला साविक बलेवा र हाल बागलुङ नगरपालिका वडा नम्बर १३ खर्सेडांँडामा जन्मनु भएका लामिछाने वैदेशिक रोजगारीको शिलशिलामा करिब २ दशक अगाडि जापान प्रवेश गर्नुभयो । शुरुवाती क्षणमा उहांँले विभिन्न पेशामा रहेर काम गर्दै जानुभयो । आफ्नो मेहनत र साथीभाइको सहयोगबाट आफूलाई आर्थिक रुपमा बलियो बनाउंँदै लग्नु भएका लामिछाने विगत १२ वर्षदेखि आफ्नै व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ ।

व्यवसायसंँगै सामाजिक काममा सक्रिय लामिछाने बागलुङ सेवा समाज जापान र बलेवा सेवा समाज जापानको संरक्षक समेत हुनुहुन्छ । जापानमा आफ्नो व्यवसायमार्फत उदाउनु भएका लामिछानेले नेपाली, इन्डियन, जापानीज र थाई गरी झण्डै एक सय जनालाई रोजगारी प्रदान गर्दै आउनु भएको छ । आफ्नो व्यवसायलाई छोटो समयमा उचाईमा पुर्‍याउन सफल लामिछाने गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान (एनसीसी) को खुल्लातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।

`पारदर्शीता, खबरदारिता सबल एनआरएनए बनाउने मेरो प्रतिबद्दता´ भन्ने नारालाई शिरोधार्य गर्दै उहांँले उम्मेदवारी दर्ता गर्नुभएको छ । ८४ देशमा आफ्नो शाखा फैलिएको गैर आवासीय नेपाली सङ्घको एनसीसी जापानसँग लामो समयदेखि आवद्धता रहेता पनि लामिछाने यसपटक अरुले होइन आफैँ लागेर समाजको लागि केही गरौँ भन्ने सोचका साथ अघि बढेको बताउंनुहुन्छ ।

नेपाल फेस्टिवल, मानवसेवा आश्रम, जापान रेडक्रस सोसाइटी, नेपालमा भूकम्प पीडितलाई आफ्नो आर्थिक तथा भौतिक सहयोग प्रदान गर्दै आउनु भएका लामिछाने सहयोगी र धनी मनका रुपमा परिचित हुनुहुन्छ । त्यसैले पनि जापानबासी नेपाली समुदायमा उहांँले आफ्नो बेग्लै परिचय छवि बनाउन सफल हुनु भएको छ । बाल्यकालदेखि नै सामाजिक क्षेत्रमा रुचि राख्ने र सेवा नै धर्म हो भन्ने मन्त्रलाई अनुसरण गर्दै आर्थिक प्रगति भन्दा पनि सामाजिक क्षेत्रलाई आगामी दिनमा सामाजिक सेवालाई अगाडी बढाउने अठोट लिनु भएको छ ।

सरल, मिजासिला एवम् शालिन स्वभावका साथै जो कसैसँंग पनि सहज रुपमा मिल्न सक्ने लामिछानेले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्को आसन्न १२ औँ महाधिवेशनमा आफूलाई खुल्ला केन्द्रीय सदस्यको रुपमा विजयी गराईदिन अनुरोध गर्नुभएको छ । आफ्नो जित सुनिश्चित भएमा जापानबासी नेपालीका सुखदु:खका सारथी बनेर उनीहरुको हकहित समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घका सदस्यहरुलाई एकपटक केन्द्रीय सदस्य पदमा भोट दिएर जिताईदिन समेत उहांँले आग्रह गर्नुभएको छ ।

साथै गैर आवासीय नेपाली सङ्घ जापानमा २०२५–२०२७ कार्यकालको लागि यहि जुलाई २७ तारिकमा हुने निर्वाचनको लागि संसारकै सर्वाधिक १८३८१ पञ्जीकृत सदस्य बनेका सम्पूर्ण मतदाताहरुलाई आफ्नो अमूल्य मताधिकारको सहि सदुपयोग गर्नुहुन समेत उहांँले अनुरोध गर्नुभएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट