चितवन, १ साउन ।
चितवनमा रहेर कला क्षेत्रमा योगदान गरिरहेका वरिष्ठ सर्जक टीकाराम लामिछानेको नयाँ गीत `पर्वतको कुश्मा´ सार्वजनिक भएको छ ।
चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारीलाई लोकप्रिय गायिका मीना लामाले स्वरमा साथ दिएकी छिन् । गीतमा टीकाराम लामिछानेको शब्द तथा संगीत रहेको छ ।
पर्वत जिल्लाको चर्चित स्थानहरुलाई समेटेर तयार भएको गीतको भिडियो ह्याप्पी मिडियाको आधिकारिक यु-ट्युब च्यानलमा हेर्न सकिन्छ ।
गीतको भिडियोमा पर्वत जिल्लाको रमणीय स्थानहरु देख्न सकिन्छ । भिडियोमा कोरस नृत्य अन्जित बोहराको रहेको छ । मुख्य कलाकारको रुपमा टीकाराम शर्मा लामिछाने र सन्ध्या आचार्यले अभिनय गरेको गीतलाई कृष्णप्रसाद देवकोटाले खिचेका हुन् । गीतको भिडियोलाई सम्पादन तथा निर्देशन भने रामु आचार्यले गरेका छन् ।




