रत्ननगरमा स्रस्टा सम्मान, कवितावाचन र आदिकविको व्यक्तित्व चर्चा

रत्ननगर, २१ असार ।
रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा स्रस्टा सम्मान, कविता वाचन साथै आदिकवि भानुभक्त आचार्य व्यक्तित्व चर्चा कार्यक्रम गरिएको छ ।
शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा तीन जना स्रस्टालाई सम्मान गरिएको छ ।

सुमेधाश्री पुरस्कारबाट धनराज गिरि तथा
रत्ननगर वाङ्मय पुरस्कारबाट लक्ष्मण अर्याल र राजेन्द्र घायललाई सम्मान गरिएको हो । कार्यक्रमका अध्यक्ष रामबाबु घिमिरे र प्रमुख अतिथि वडा नम्बर -३ का अध्यक्ष एवम् कार्यबाहक मेयर सोयन्द्रराज खरेलले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको हो । तीन वटै पुरस्कारको राशि २० हजार रुपैयाँ छ ।
कार्यक्रममा राजेन्द्र हमालले स्वागत मन्तव्य राख्नुभएको थियो । चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईं, प्रगतिशील लेखक सङ्घ चितवनका अध्यक्ष विष्णुदेवी तिवारी, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष पुष्प अधिकारी अञ्जली, गजल मञ्च चितवनका पूर्व अध्यक्ष किसान प्रेमीलगायतले शुभकामना मन्तव्य राख्दै रचना पाठ गर्नुभएको थियो ।
कार्यक्रमलाई सदस्य सचिव विश्वनाथ खनालले सहजीकरण गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट