कवि विनोदी र दिवसलाई रथारोहणसहित सम्मान गरिने

काठमाडौं, २१ असार । भानु प्रतिष्ठानले २१२औँ भानुजयन्तीका अवसरमा अग्रज कविहरू गोविन्दराज विनोदी र तुलसी दिवसलाई सम्मान गर्ने भएको छ । कविद्वयलाई रथारोहणसहित नगर परिक्रमा गराएर सम्मान गर्न लागिएको प्रतिष्ठानका महासचिव डाक्टर रमेश शुभेच्छुले जानकारी दिनुभयो । उहाँका अनुसार यही २९ गते बिहान नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राङ्गणमा कार्यक्रम गरी सम्मान अर्पण गरिनेछ ।
शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भूटान’ सार्वजनिक

ललितपुर, २१ असार । लेखक तथा भूटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ ‘पर्दापछाडिको भूटान’ र त्यसैको अङ्ग्रेजी अनुवाद ‘भूटान बिहाइन्ड द कर्टेन’ एक समारोहबीच ललितपुरमा सार्वजतिक भएको छ । टंकप्रसाद आयार्च स्मृति प्रतिष्ठानद्वारा पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजित उक्त समारोहमा लेखक स्वयं, भूटानी शरणार्थीको पुनर्स्थापना तथा राजबन्दीको रिहाइका लागि वकालत गर्दै आएका अधिकारर्मी तथा पत्रकार […]
रत्ननगरमा स्रस्टा सम्मान, कवितावाचन र आदिकविको व्यक्तित्व चर्चा

रत्ननगर, २१ असार । रत्ननगर वाङ्मय प्रतिष्ठानको आयोजनामा स्रस्टा सम्मान, कविता वाचन साथै आदिकवि भानुभक्त आचार्य व्यक्तित्व चर्चा कार्यक्रम गरिएको छ । शनिबार रत्ननगर नगरपालिकाको सभाहलमा गरिएको कार्यक्रममा तीन जना स्रस्टालाई सम्मान गरिएको छ । सुमेधाश्री पुरस्कारबाट धनराज गिरि तथा रत्ननगर वाङ्मय पुरस्कारबाट लक्ष्मण अर्याल र राजेन्द्र घायललाई सम्मान गरिएको हो । कार्यक्रमका अध्यक्ष रामबाबु […]
चितवनमा आयोजित गजल उत्सवमा तीनवटा गजलसङ्ग्रह विमोचन

भरतपुर, २१ असार । चितवनमा तीन वटा गजलसङ्ग्रह सार्वजनिक भएका छन् । गजल मञ्च चितवनका पूर्व अध्यक्ष रमेश प्रभातको सम्पादन तथा गजल मञ्च चितवनद्वारा प्रकाशित गजलकार किसान प्रेमीको ‘अन्जानमा गयौ कि !´, मञ्चका हालका अध्यक्ष रामकृष्ण अनायासको ‘अनायास’ र कोषाध्यक्ष सरस्वती पौडेलको ‘प्रत्यूष ‘ गरी तीनवटा गजलसङ्ग्रह एकैसाथ विमोचन गरिएको हो । गजल मञ्च चितवनले […]
सितोरियो कराते सङ्घ भरतपुरको अध्यक्षमा पूर्ण गुरुङ चयन

भरतपुर, २१ असार । नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएका छन् । सङ्घको शनिबार सम्पन्न विशेष साधारण सभाबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । सङ्घको वरिष्ट उपाध्यक्षमा बुद्ध लामा, उपाध्यक्षमा ईश्वरी कंडेल, सचिवमा छवि रमण तिमिल्सिना, सह-सहचिवमा आशिष ढकाल र कोषाध्यक्षमा पार्वती गुरुङ चयन भएका छन् […]