भरतपुर, २१ असार ।
नेपाल सितोरियो कराते सङ्घ भरतपुर महानगर समितिको अध्यक्षमा पूर्णबहादुर गुरुङ चयन भएका छन् । सङ्घको शनिबार सम्पन्न विशेष साधारण सभाबाट गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
सङ्घको वरिष्ट उपाध्यक्षमा बुद्ध लामा, उपाध्यक्षमा ईश्वरी कंडेल, सचिवमा छवि रमण तिमिल्सिना, सह-सहचिवमा आशिष ढकाल र कोषाध्यक्षमा पार्वती गुरुङ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा दुर्गा कुमाल, नानसिंह घर्ती, सन्तोष ठाकुर, हीरा लामा, त्रिविक्रम सापकोटा, प्रमिस तामाङ, नरेश खत्री, निशा थापा मगर, सुजन मगर, रिया थापा, सुजन मगर, सुजिता गुरूङ र सुरज विक रहेका छन् ।
सङ्घको प्रमुख सल्लाहकारमा ज्वाला कुमार भण्डारी तथा
सल्लाहकारहरुमा जङ्गबहादुर थिङ र गुञ्जवीर राना रहेका छन् । कार्यक्रम जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष राजन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्की सङ्घको संस्थापक अध्यक्ष समेत हुन् ।